भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : महामन्त्री थापा | Khabarhub Khabarhub

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : महामन्त्री थापा


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए ।

उनले भने, ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।’ नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्‍याउन आँट गर्नुपर्ने बताए। 

भ्रष्टाचारमा जोडिएका जो–कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ । महामन्त्री थापाले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने औँल्याए । अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णयसमेत पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए।

नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा महामन्त्री थापाले जनता र युवा पिँढीमा रहेको नैराश्यता अन्त्य गर्न कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए। इमानदार भएर काम गरेमा परिवर्तन सम्भव हुने उनको भनाइ छ । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : १३ बजे

ताराखोला गाउँ जलविद्युतको ‘हब’ : एउटै खोलामा ६ वटा आयोजना 

बागलुङ– बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

बागलुङ– यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित

बैतडीमा डेङ्गीको जोखिम बढ्दो, सात जनामा सङ्क्रमण पुष्टि

बैतडी– बैतडीमा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

काठमाडौं– आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदै

बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा

काठमाडौं – बलिउडको इतिहासमा असंख्य हल्ला र गोप्य प्रेमकथा सुनिन्छन्।