एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि बस्ने « Khabarhub

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि बस्ने


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक यही भदौ ३ गतेदेखि सुरु हुने भएको छ।

शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको हो।

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार मुख्य एजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। 

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ।

एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरि राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : १६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको