कांग्रेसले कार्यशैली परिवर्तन गर्नुपर्छ : प्रकाशमान सिंह | Khabarhub Khabarhub

कांग्रेसले कार्यशैली परिवर्तन गर्नुपर्छ : प्रकाशमान सिंह


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले पछिल्लो समय परिवर्तन नरुचाएका तत्वहरू सलबलाउन थालेकाले कांग्रेस कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

“कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्छ, प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने । कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उनको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले लामो समयदेखि संसद् चल्न नसकेको बताउँदै संसद् सञ्चालन गर्नका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए । नेता सिंहले जनताको सुख, दुःखको साथी कांग्रेस भएको जनतालाई अनुभूति गर्न कांग्रेस नेता तथा कार्यकर्ताले सक्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बेले कांग्रेसलाई बलियो र सशक्त राजनीतिक शक्ति बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । अग्रज नेताको अनुभव र युवा नेताको जोश, जाँगरलाई अगाडि बढाउन सकेमात्र कांग्रेस थप बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टी सङ्गठनलाई गतिशील र चलायमान बनाउन सके अरु कुनै शक्तिले कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ९ : १३ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह