कांग्रेसले कार्यशैली परिवर्तन गर्नुपर्छ : प्रकाशमान सिंह « Khabarhub

कांग्रेसले कार्यशैली परिवर्तन गर्नुपर्छ : प्रकाशमान सिंह


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले पछिल्लो समय परिवर्तन नरुचाएका तत्वहरू सलबलाउन थालेकाले कांग्रेस कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

“कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्छ, प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने । कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उनको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले लामो समयदेखि संसद् चल्न नसकेको बताउँदै संसद् सञ्चालन गर्नका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए । नेता सिंहले जनताको सुख, दुःखको साथी कांग्रेस भएको जनतालाई अनुभूति गर्न कांग्रेस नेता तथा कार्यकर्ताले सक्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बेले कांग्रेसलाई बलियो र सशक्त राजनीतिक शक्ति बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । अग्रज नेताको अनुभव र युवा नेताको जोश, जाँगरलाई अगाडि बढाउन सकेमात्र कांग्रेस थप बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टी सङ्गठनलाई गतिशील र चलायमान बनाउन सके अरु कुनै शक्तिले कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ९ : १३ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना