चेर्निहिभ शहरको केन्द्रमा गरिएको आक्रमणको संयुक्त राष्ट्रसङघद्वारा भर्त्सना « Khabarhub

चेर्निहिभ शहरको केन्द्रमा गरिएको आक्रमणको संयुक्त राष्ट्रसङघद्वारा भर्त्सना


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय समन्वयकले चेर्निहिभको शहरको केन्द्रमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणलाई ‘जघन्य’ भन्दै आक्रमणको निन्दा गरेका छन् ।

आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको जनाइएको छ । शनिबार बिहान चेर्निहिभको केन्द्रमा रहेको नाट्यशालामा आक्रमण भएको थियो ।

युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजक डेनिस ब्राउनले एक अनलाइन वक्तव्यमा भनिएको छ, “एउटा ठूलो सहरको मुख्य चोकमा आक्रमण गर्नु ‘जघन्य’ अपराध हो किनकि केही मानिसहरू बिहान हिँडडुल गरिरहेका हुन्छन् भने धेरै युक्रेनीहरू यो समयमा प्रार्थनाका लागि चर्चमा जान्छन् ।”

“युक्रेनको जनघनत्व भएको क्षेत्रमा रूसी आक्रमणको बारम्बारको प्रवृत्तिको म भत्र्सना गर्दछु । यसले मृत्यु, व्यापक विनाश र बढ्दो मानवीय सहयोगका लागि आश्रित हुने कुरालाई बढावा दिन्छ ।”

उनले भने , “अन्तर्राष्ट्रिय मानवीय कानुनले वस्ती वा नागरिकमाथि हुने आक्रमणलाई कडाइका साथ निषेध गरेको छ । यो बन्द हुनैपर्छ ।”

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ९ : २० बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको