साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध « Khabarhub

साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो ।

गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै बाहिरबाट आउने सामग्रीको प्रयोग घटाउने उद्देश्यले यो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए।

तत्काललाई गाउँपालिका र सोअन्तर्गतका सङ्घसंस्था, विद्यालयलगायत अन्य निकायले आयोजना गर्ने कार्यक्रममा आयातित खादा, ब्याच र माला प्रयोग नगर्ने कार्यकालिका बैठकले निर्णय गरेको प्रशासकीय अधिकृत अधिकारीले बताए ।

“हाम्रो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ”, प्रशासकीय अधिकृत अधिकारीले भने, “अथिति सत्कार गर्नै परेमा स्थानीयस्तरमा उत्पादन हुने सामग्रीको मात्र प्रयोग गर्ने निर्णय गरेको छ । यो निर्णयको मुख्य उद्देश्य नै सार्वजनिक कार्यक्रममा प्रयोग हुने खादालगायत बाह्य सामग्रीमा रोक लगाउने हो ।”

राज्य नै आयातमा निर्भर रहेको अवस्थामा यस्ता किसिमको निर्णयले राष्ट्रिय आयातमा समेत कमी ल्याउनमा केही टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । यो निर्णयमात्र पर्याप्त नभए पनि सबैले यस्ता बाह्य सामग्रीको प्रयोगमा कमी ल्याउन सके आयातमा कमी आउने प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

गाउँपालिकाले यसअघि तेह्रौँ गाउँसभामा पिपलको पातमा ब्याज बनाएर वितरण गरी सुरुआत गरिसकेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । “कार्यक्रममा अथिति सत्कारका लागि स्थानीय सामग्रीको प्रयोग गर्ने अभ्यासको थालनी गरेका छौँ”, उनले भने, “हुन त यो सामान्य निर्णयजस्तो देखिन्छ । तर यसले निकै ठूलो महत्व बोकेको छ । यो निर्णयले स्थानीय सामग्रीको प्रयोग गर्ने बानीको विकास गर्छ । सबैको सहमतिमा गाउँपालिकाबाट निर्णय गरेर लागू गरेको हौँ ।”

सार्वजनिक कार्यक्रममा अथिति सत्कारको बहनामा धेरै तडकभडक गरिँदा अनावश्यक खर्च बढ्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो । यो निर्णयले सार्वजनिक कार्यक्रमको खर्चमा समेत कमी आउने अपेक्षा लिएको उनको भनाइ छ ।

“सार्वजनिक कार्यक्रमलाई मितव्ययी, सरल र सहज बनाउन यो निर्णय गरेका हौँ”, अध्यक्ष कुलुङले भने, “अथिति सत्कारका लागि प्रयोग हुने बाह्य सामग्रीले धेरै खर्च हुने गरेको अवस्था छ । जुन खर्च पूर्णरूपमा अनावश्यक हो । औपचारिक कार्यक्रममा स्थानीय सामग्रीको मात्र प्रयोग गर्ने हाम्रो उद्देश्य हो ।”

यो निर्णयले कुनै पनि समुदाय, सम्प्रदाय र धर्ममाथिको सद्भावमा आँच आउन नदिने गाउँपालिकाले जनाएको छ । विशेषगरी बौद्धधर्म मान्ने सम्प्रदायलाई यो निर्णय अनिवार्य नरहेको गाउँपालिकाको भनाइ छ । बौद्ध धर्म मान्ने सम्प्रदायले खादालाई पवित्र मान्ने र अथिति सत्कारमा प्रयोग गर्ने चलन रहेकाले उनीहरूका लागि प्रतिबन्ध नलगाइएको गाउँपालिकाले जनाएको छ ।

अन्य समुदायसँगै सङ्घसंस्थालाई पनि सम्भव भएसम्म अथिति सत्कारका लागि आयातित वस्तुको विकल्पमा स्थानीय सामग्रीको प्रयोग गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ । यो कामले समाजमा हुने अनावश्यक तडकभडकलाई नियन्त्रण गर्नसमेत टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ९ : ३४ बजे

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा