ऋषि पञ्चमी किन मनाइन्छ ? यस्तो छ धार्मिक महत्व « Khabarhub

ऋषि पञ्चमी किन मनाइन्छ ? यस्तो छ धार्मिक महत्व


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

आज ऋषि पञ्चमी । आजको दिनमा रजस्वला सुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती भएको भए ती कुराहरूको शुद्धाशुद्धिका लागि पूजाअर्चना गर्ने गर्छन् ।

बिहान सबेरै सूर्योदय हुनु अगाडि नै आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाउने गर्छन् ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीमा महिलाले बिहानै सूर्योदय हुनु अगावै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, कुश माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

स्नान गरिसकेपछि पञ्च भाग्य अर्थात् दूध, दही, घ्यू, दुबो, कुश र गोबर मिसाएर तामाको भाँडोमा राखिएको कुराको एक वा दुई थोपा सेवन गर्ने चली आएको छ । यो सेवनले क्षयरोग अनि चर्मरोग नहुने र भएको भए पनि निको हुने विश्वास रहेको छ ।

बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थना गर्दै कश्यप, आरती, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्निलगायतका ऋषिहरूको पूजा र आह्वान गर्ने गरिन्छ ।

आजको दिनमा नारीहरूले आफ्नो सौभाग्यका सूचक सिन्दूर, पोते, चुरा, धागोहरू सप्तर्षिलाई चढाउने गर्छन् ।

त्यसैगरी आज माटोमा कसैले नरोपी आफै प्राकृतिक रूपमा उम्रिएका वा हलो नलागेका खानेकुराहरू खाने गरिन्छ । कर्कलोलगायतका अन्य कन्दमूलको तरकारी बनाएर खाने गरिन्छ । कर्कलोमा प्रचुर मात्रामा आइरन पाइन्छ । जुन हाम्रो शरीरलाई अत्यन्तै महत्पूर्ण तत्त्व हो ।

ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ । अनि त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ७ : ५९ बजे

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ