‘प्रादेशिक संरचना सुदृढ भए संघीयता बलियो हुन्छ’ « Khabarhub

‘प्रादेशिक संरचना सुदृढ भए संघीयता बलियो हुन्छ’


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन् ।

संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा-६ स्थित  चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जमकट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने बताए । 

उनले स्थानीय तहको संरचना पुरानो भए पनि प्रादेशिक संरचना नयाँ भएको यही संघीयताको खम्बा रहेको बताए। मुख्यमन्त्री जमकट्टेलले संविधानसभाबाट बनेको संविधान जनताकै रक्षाका लागि भएको भन्दै संविधानको मर्मअनुसार प्रदेश सरकार काम गरिरहेको बताए ।

संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा धेरैजसो कानुन निर्माण भए पनि  सङ्घ र प्रदेश, प्रदेश र स्थानीय तह, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचीमा रहेका कतिपय कानुन निर्माण हुन बाँकी रहेको उनको भनाइ छ । उनले संघीय कानुन बन्न ढिलाइ हुँदा ती विषयले मूर्तरुप लिन नसकिरहेको धारणा राखे । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्तावेजका रुपमा रहेको संविधान कार्यान्वयनका लागि तीन वटै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए। नेपाललाई संघीय संरचनामा लैजाने संघीयताको मुटुका रुपमा रहेका प्रदेशहरू संविधानले दिएका अधिकार बमोजिम कानुन निर्माण गरी कार्यान्वयनसमेत गरिरहेको उनको भनाइ छ । 

बागमती प्रदेश सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउँदै छ । असोज ३ गते संविधान दिवसलाई भव्यरूपमा मनाउन सोमबारदेखिनै विभिन्न कार्यक्रम भइरहेका छन् । जिल्ला वन कार्यालय मकवानपुरद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला वन कार्यालय मकवानपुरका प्रमख शिव सापकोटा, हेटौँडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठलगायतले संविधान दिवसका बारेमा चर्चा गर्दै वृक्षरोपण गरेर गाँउ र सहर हराभरा बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । 

संविधान दिवसका अवसरमा आज बिहानै हेटौँडामा  पाँच किमी दौड प्रतियोगिता सम्पन्न भएको छ । खेलको उद्घाटन गर्दै मुख्यमन्त्री जमकट्टेलले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेकोमा जोड दिए । सो अवसरमा प्रतियोगितामा सहभागी खेलाडीलाई उनले शुभकामना दिएका थिए।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १२ : ५० बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल