संविधान निर्माणमा नेम्वाङको भूमिका भुल्न सकिँदैन : एमाले उपाध्यक्ष शाक्य « Khabarhub

संविधान निर्माणमा नेम्वाङको भूमिका भुल्न सकिँदैन : एमाले उपाध्यक्ष शाक्य


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालको संविधान निर्माणदेखि जारी गर्दासम्म सुवास नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छिन् ।

गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले स्पष्ट अडान, सिष्ट र अन्य पार्टीका नेतालाई समेत सन्तुलनमा राख्नसक्ने नेम्वाङको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताइन् ।

सङ्घीय लोकतन्त्रलाई बलियो बनाउन लोकतन्त्रवादी पार्टी एकजुट भएर अगाडि बढ्न जरुरी भएको बताउँदै उपाध्यक्ष शाक्यले निषेधको राजनीतिले समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने बताइन् ।

“देश बनाउनका लागि लोकतान्त्रिक पार्टी एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन, हामीले बनाउन सकेनौँ भने देशमा अस्थीरता पैदा हुन्छ,” उनले भनिन् । प्रदेश कानुन र संविधान कार्यान्वयनका साझा मुद्दा समाधान गर्न निषेधको राजनीतिले अवरोध सिर्जना गर्ने उनको भनाइ छ ।

त्यस्तै एमाले सचिव गोकर्ण विष्टले धैर्यवान, सोचविचार गरेर बोेल्ने, शान्त स्वभाव र विद्वान सुवासचन्द्र नेम्वाङको निधनले पार्टीलाई अतुलनीय क्षति भएको उल्लेख गरे । सबै पार्टीलाई मिलाएर अन्तिम अवस्थामा संविधान जारी गरेर नेपाली जनताको लोकतान्त्रिक आन्दोलनलाई सफल पार्ने नेम्वाङको बाटो एमालले अगाल्नुपर्नेमा उनको जोड थियो ।

एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको अवस्थामा लोकतान्त्रिक पार्टीहरु एकजुट भएर गणतन्त्रलाई बलियो बनाउनेपर्ने भनाइ राखे । पछिल्लो समय राजावादीको नाममा राप्रपाले लोकतन्त्रमाथि आक्रमण गरेको उनको आरोप छ ।

एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले देशविदेशबाट दबाब सिर्जना भइरहँदासमेत अन्तिम घडीमा संविधान जारी गरेर नेपाली जनताको भविष्य उज्वल पार्ने नेता सुवासचन्द्र नेम्वाङलाई सधैँभरि सम्झनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : १९ बजे

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा