त्रिदेशीय टी–ट्वान्टी सिरिज : आज नेपाल र हङकङ भिड्दै  « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिज : आज नेपाल र हङकङ भिड्दै 


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले आज आफ्नो दोस्रो खेलमा हङकङसँग खेल्दैछ  । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । 

पहिलो खेलमा हिजो यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

टी– ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको हो । पछिल्लो पटक नेपाल र हङकङले २०२० मार्चमा एसीसी टी–ट्वान्टी इस्टर्न रिजनमा खेलेका थिए । 

टी–ट्वान्टी विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुईदुई खेल खेल्नेछन् । सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । 

यसपछि नेपालले कात्तिक ४ गते हङकङसँग खेल्नेछ भने कात्तिक ६ गते यूएईसँग दोस्रो खेल खेल्नेछ । यस्तै, यूएई र हङकङले भने कात्तिक ५ र ८ गते खेल्नेछन् ।

डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा नै हुनेछन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ८ : ५२ बजे

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत