त्रिदेशीय टी–ट्वान्टी सिरिज : आज नेपाल र हङकङ भिड्दै  « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिज : आज नेपाल र हङकङ भिड्दै 


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले आज आफ्नो दोस्रो खेलमा हङकङसँग खेल्दैछ  । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । 

पहिलो खेलमा हिजो यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

टी– ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको हो । पछिल्लो पटक नेपाल र हङकङले २०२० मार्चमा एसीसी टी–ट्वान्टी इस्टर्न रिजनमा खेलेका थिए । 

टी–ट्वान्टी विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुईदुई खेल खेल्नेछन् । सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । 

यसपछि नेपालले कात्तिक ४ गते हङकङसँग खेल्नेछ भने कात्तिक ६ गते यूएईसँग दोस्रो खेल खेल्नेछ । यस्तै, यूएई र हङकङले भने कात्तिक ५ र ८ गते खेल्नेछन् ।

डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा नै हुनेछन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ८ : ५२ बजे

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो