बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : सम्मानित नेता खनाल « Khabarhub

बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : सम्मानित नेता खनाल


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले बीआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी हुने बताएका छन् ।

बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताए ।

उनले समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाका लािग बीआरआई महत्वपूर्ण हुने बताएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिए ।

बीआरआईले विश्वभरका जनतालाई एकापसमा व्यापार गर्न, आपसी मूल्य, मान्यताबाट सिक्न र पारस्परिक सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको नेता खनालले बताए ।

उनले भने–चीनले अगाडि सारेको बिआरआईले विश्वभर रहेका मानिसको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ । बिआरआईका माध्यमबाट नेपालले आर्थिक विकासमा गति लिने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ५ : ५७ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय