कञ्चनपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा « Khabarhub

कञ्चनपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले यहाँका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको हो ।

नापी सकिएका ठाउँका स्थानीयलाई धमाधम जग्गाधनी पुर्जा वितरण भइरहेको राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले बताए । “पहिलो चरणमा विगतका आयोगका अपुरा कामअन्तर्गत अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने काम भइरहेको छ”, उनले भने, “जिल्लाभर नापीको काम आधा सकिएको छ ।”

उनका अनुसार अहिलेसम्म यहाँको वेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकामा जग्गाधनी पुर्जा वितरण गरिएको छ । वेदकोट नगरपालिका–८ का ७० र कृष्णपुर नगरपालिका–७ का ६५ गरेर कुल एक सय ३५ जनालाई जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको छ ।

उपभोग गरेको वर्षौँपछि जग्गाधनी पुर्जा पाएपछि स्थानीय बासिन्दा निकै खुसी भएका छन् । “स्थानीय तहले लालपुर्जाका लागि सिफारिस गरेर पठाउँछ, कसैको दाबी रहेमा निवेदन गर्न सक्ने गरी १५ दिने सूचना निकाल्छौँ”, उनले भने, “दाबी परे पालिकाको सिफारिस फिर्ता पठाउँछौँ, नभए निर्णय गरेर राजस्व तिरेपछि लालपुर्जा वितरण गरिन्छ ।”

नापी सकिएका ठाउँमा दसैँलगत्तै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उनले बताए । नापी सकिएका वेदकोट र कृष्णपुरमा जग्गाधनी पुर्जा वितरण भइरहेको छ । भूमि आयोग कञ्चनपुरका अनुसार सदरमुकामको भीमदत्त नगरपालिका–४, १५, १७ मा नापीको काम सकिएको छ ।

दोधारा चाँदनीको वडा नं १ र २ मा नापी सकिएको छ भने वडा नं ८ मा नापी चलिरहेको छ । “स्थानीय तहले खटाएको नापी टोलीले धमाधम काम गरिरहेको छ”, अध्यक्ष ढुङ्गानाले भने, “पहिलो चरणमा नापी सकिएका ठाउँमा लालपुर्जा वितरण हुन्छ ।” बेलौरी नगरपालिका–४, ८, ९ र १० गरेर चार वडामा जग्गा नापी गर्ने काम सकिएको छ । पुनर्वास नगरपालिकाका चार, शुक्लाफाँटा र लालझाडीमा दुई–दुई तथा बेलडाँडी गाउँपालिकाको एक वडामा जग्गा नापी सम्पन्न भएको छ । भूमि आयोग कञ्चनपुरमा जिल्लाभर अव्यवस्थित बसोवासका ७० हजार बढी निवेदन परेका छन् ।

भूमिहीन दलित, सुकुम्वासीका चार हजार पाँच सय र अधुरो काम (नापनक्सा र फिल्डबुक भएका र सेतो पुर्जा पाएका) छ हजार पाँच सयले निवेदन दिएका छन् । पहिलो चरणमा अव्यवस्थित बसोवासीको छानबिन गरेर पुर्जा वितरणपछि भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तथा अधुरो कामका निवेदनमाथि छानबिन गर्ने भूमि आयोग कञ्चनपुरले तयारी गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १० : ५१ बजे

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण