चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु | Khabarhub Khabarhub

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।

आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ०३ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ