कानुनमा लेखिएका कुरालाई व्यवहारमा लागू गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना « Khabarhub

कानुनमा लेखिएका कुरालाई व्यवहारमा लागू गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानुनमा उल्लेख समान अधिकार र सहभागिताका विषयलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।

महिला, कानुन र विकास मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उनले नेपालमा कानुन र व्यवहारमा प्रयोग गर्ने अभ्यास फरक देखिएको भन्दै कानुनमा उल्लेख भएका विषयलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका हुन् ।

कतिपय विकसित मुलुकमा कानुनमा नलेखे पनि व्यवहारमा समानताको विषय कार्यान्वयन भइरहेकोले सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले आरक्ष र विशेष अधिकारलाई निश्चित समयका लागि मात्रै कार्यान्वयन गर्ने र त्यसपछि प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले संविधानमै लेखिएको विषय कार्यान्वयनका लागि कानूनको अभाव हुने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : २५ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट