देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : अर्थमन्त्री  महत « Khabarhub

देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : अर्थमन्त्री  महत


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मनहरी– अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे। 

मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबारसमेत बढेको, पर्यटक आगमन बढ्नुका साथै विप्रेषणमा वृद्धि भइरहेको बताए । कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैंक र बीमा कम्पनीले  तिर्न थालिसकेको उनको भनाइ थियो । सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने मन्त्री महतले बताएका छन् । जलविद्युत्, प्रविधिमैत्री कृषि,  पर्यटन र सडक निर्माणमा लगानीमा जोड दिने उनले उल्लेख गरे ।   

‘देशको अर्थतन्त्र सुधार हुँदैछ, मौद्रिक नीति ल्याएर सहज वातावरण सिर्जना गरेका छौँ’, मन्त्री महतले भने– ‘सहज अवस्थामा धेरै ऋण प्रवाह भयो । तर जुन बेला कोभिड–१९ ले आर्थिक गतिविधि गर्न नसक्ने अवस्था थियो, ऋण जति शेयर मार्केट र जग्गामा लगानी गर्ने काम भयो, त्यसको प्रभावले अहिले समस्या उत्पन्न भएको हो ।’  

मन्त्री डा महतले दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सबै लागे कांग्रेसले बहुमत ल्याउने उल्लेख गर्दै उनले एकताभाव, सद्भाव र एकीकृत भएर लाग्नुपर्ने जोड दिएका छन् । सहकार्य र सहमतिका बीच सत्ता गठबन्धन गरेको उनको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेता गुरुराज घिमिरे, पार्टीका चितवन सभापति राजेश्वर खनाल, ललितपुर सभापति जितेन्द्र श्रेष्ठ, मकवानपुर सभापति बुद्ध लामालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : २२ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ