किसान परिचयपत्र उपलब्ध गराउन माग « Khabarhub

किसान परिचयपत्र उपलब्ध गराउन माग


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन – इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उहाँहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।

इच्छाकामना–५ तामिनमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएका रामप्रसाद बोहोराले वास्तविक किसान सामु अनुदान नपुग्दा अनुदानका कार्यक्रम उपलब्धिमूलक नभएको बताए ।

उनले भने, “गत असारमा इच्छाकामनामा पाँच हजार वटा सुन्तलाको बिरुवा वितरण गरियो, तर अहिले ती बिरुवा पाएका किसानले कति बिरुवा रोपेर बचाएर राखेका छन्, कुनै हिसाबकिताब छैन, कतिले त रोपेकै छैन त्यतिकै सुकाएर फालेका छन् वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्छ त्यसका लागि गाउँपालिकाले किसानको पहिचान गरी परिचयपत्र उपलब्ध गराउनुपर्छ ।” अनुदान उपलब्ध गराएपछि सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नुपर्ने बोहोराको भनाइ छ ।

वडा नं ५ का वडाध्यक्ष तेजबहादुर शेरचनले पनि वडा नं ५ मा वितरण गरिएको सुन्तलाका बिरुवा किसानले नरोपी सुकाएर खेर फालेको बताए । इच्छाकामना–३ का किसान रामबहादुर गुरुङले पनि वास्तविक किसानको पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्ने बताए। गाउँपालिकाले अनुदान कार्यक्रम ल्याउँदा कतिपय किसानसम्म सूचना नै नपुग्ने उनको गुनासो छ ।

उनले भने, “बिचौलियाले व्यापारीलाई किसानको बारीसम्म जान दिँदैनन्, हामीले बाध्य भएर बिचौलियामार्फत बिक्री गर्दा मूल्य पाउँदैन । अहिले सुन्तलाको मूल्य बजारमा उपभोक्ताले महँगो मूल्यमा किनेर खान परे पनि वास्तविक किसानले भने उचित मूल्य नपाएको उनको गुनासो छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले वास्तविक किसानको पहिचानका लागि चाँडै परिचयपत्र वितरण गरिने बताए । अहिले विवरण सङ्कलन कार्य भइरहेको बताए ।

उनले भने, “हामी गाउँपालिकाका वास्तविक किसानको पहिचानका लागि परिचयपत्र वितरण गर्दैछौँ अहिले विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ, विवरण सङ्कल गर्न केही वडामा मात्र बाँकी छ ।”

परिचयपत्र उपलब्ध गराएपछि अनुदान वितरणमा सहज हुने उनको भनाइ छ । गाउँपालिकाले किसानका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर पहुँचको आधारमा वितरण हुँदा वास्तविक किसानसम्म अनुदान नपुग्ने किसानको गुनासो छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : ५२ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली