दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर « Khabarhub

दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लहान – रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ।

ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए। “ट्र्याक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी हुन्छ। त्यसैले ट्रलीमा टल्किने स्टिकर (रिफ्लेक्टिभ) टाँस्न थालेका छौँ”, उनले भने।

चिसोमा बाक्लो हुस्सुका कारण प्रायः रातिको समयमा सवारीसाधन चलाउन कठिनाई हुने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सो अभियान थालेको हो। अभियानबाट दुर्घटनामा कमी आउने श्रेष्ठ बताउँछन्। सरकारले समर्थन मूल्य कायम गरेपछि अहिले यहाँका उखु किसान धमाधम उखु बिक्री गरिरहेका छन्।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ८ : ५५ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको