सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार | Khabarhub Khabarhub

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ। मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो।

नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो। मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार सुनकोसीले ३८ बिरामीलाई छ महिनाको रु ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए।

गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत सबैसँग निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए। गाउँपालिकाले त्रैमासिकरूपमा बिरामीको खातामा पैसा जम्मा गर्न थालेको छ। अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीलाई उनीहरूको कागजपत्रका आधारमा रकम प्रदान गर्ने दुलालले बताए।

मेरुदण्डको पक्षघातबाट पीडित भएकी सुनकोसी–५ की सरिता थामीले पनि उपचारका लागि मासिकरूपमा रु पाँच हजार स्थानीय सरकारबाट पाउँदा खुसी लागेको बताए। सुनकोसी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९-८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले यही माघ तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत बिरामीले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए।

गाउँपालिकाभित्र यी रोगका बिरामीले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेकाले माघभित्र नै सबै बिरामीको घर–घरमै औषधि पुर्‍याउनका लागि गाउँपालिकाले कार्यक्रम बनाएको अधिकृत दुलालले सुनाए।

पाँचपोखरीको गुणस्तरीय खाद्यान्न अभियान
पालिकाका बासिन्दालाई गुणस्तरीय खाद्यान्न खुवाउने अभियानमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लागि पाँचपोखरीको नाकामा जाँचचौकी स्थापना गरेको छ। गाउँपालिकाले २०७९ असोज ५ गतेदेखि दुई कर्मचारी तथा बजार निरीक्षक कर्मचारी राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र व्यापारीले निर्यात गरी ल्याएको खाद्य सामग्रीको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति जाँच गरी दैनिक तथ्याङ्क राख्ने काम गरिरहेको कर्मचारी राजन भुजेलले बताए ।

गाउँपालिकाले बजार निरीक्षणसम्बन्धी कार्यविधि, २०७९ गाउँ कार्यपालिकाबाट पास गरी लागू गरिरहेको पालिका अध्यक्ष टासी लामाले बताए। आफ्नो पालिकाभित्र बसोबास गर्ने उपभोक्ताले गुणस्तरीय खाद्यान्नको उपयोग गर्न पाऊन् भन्ने यसको मुख्य उद्देश्य रहेको लामाले बताए। माथिल्लो भेगमा मिति गुज्रेका सामान होलसेल व्यापारीले पठाउने गरेका स्थानीयवासीले गुनासो गरेका थिए। अब भने मिति गुज्रेका सामान प्रयोग गर्न नपर्ने भएकामा स्थानीय राम श्रेष्ठले खुसी व्यक्त गरे।

मिति हेर्न समस्या रहेका साना गाउँका व्यापारी तथा उपभोक्तालाई होलसेल व्यापारीले म्याज सकिन लागेका खाद्य सामान पठाउने गरेको पाइएपछि पालिकाले यो अभियान सुरु गरेको पालिकाले जनाएको छ। अहिलेसम्म सयौँ किलो म्याद नाघेका सामग्री बरामद गरेको अध्यक्ष लामाले बताए।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ३३ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना