मधेस प्रदेशमा होटेल व्यवस्थापकलाई तालिम « Khabarhub

मधेस प्रदेशमा होटेल व्यवस्थापकलाई तालिम


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – होटेल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको संयोजकत्वमा मधेस प्रदेशका होटेल व्यवसायीहरुलाई तालिम दिइएको छ।

पर्यटन प्रवर्द्धन र होटेल व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले प्रदेशभरिका होटेल व्यवस्थापकलाई एक दिने व्यवस्थापन र अतिथि सत्कार तालिम दिइएको हो। होटेल व्यवस्थापन क्षेत्रमा लामो समयदेखि काम गरेका न्याथम कलेजमै अध्ययन गरेका दक्ष प्रशिक्षकहरुले दिएको तालिममा प्रदेशभरिका झन्डै तीन सयजना सहभागी भएका थिए।

२८ माघदेखि वीरगन्जको होटेल भिस्वाबाट शुभारम्भ भएको उक्त तालिम आठ दिनपछि बर्दिबासको गौतम होटलमा आएर समापन गरिएको छ।

निरज सुवेदी, सतिश मिश्र, श्याम थापामगर, निसाल पोखरेल र टासी शेर्पाले दिएको उक्त प्रशिक्षण होटेल व्यवसायी र व्यवस्थापकका लागि निक्कै उपयोगी साबित भएको प्रशिक्षार्थीहरुले बताए। काठमाडौं विश्वविद्यालयबाट सञ्चालित न्याथम कलेज मधेस प्रदेशमै पहिलोपटक बर्दिबासमा स्थपना भएको हो।

होटेल तथा पर्यटनसम्बन्धी तालिम र एकेडेमिक कक्षाहरु सञ्चालन गरी रोजगारीको समेत सुनिश्चित गर्दै आएको न्याथम राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित कलेज मानिन्छ। न्याथमको सहकार्यमा मधेस प्रदेशमा यस्ता तालिम सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको होटेल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले बताए। बिहीबार भएको समापन कार्यक्रममा न्याथम कलेजका शिक्षक, होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरी र मधेस प्रदेशका पदाधिकारीलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ११ : ११ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको