२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाईं « Khabarhub

२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाईं


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भैरहवा – व्यवसायी दुर्गा प्रसाईंले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईंले भैरहवामा सम्बोधन गर्दे एक करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए।

देशमा भएका युवामध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवा माानसिक तनावका कारण पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उनको भनाइ छ ।

राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगतिविरुद्ध सशक्त ढंगले आवाज उठाउँदै सो अभियान जारी राख्ने उनले जानकारी दिए।

उनले देशका व्यवसायी आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन माग गरेका छन्।

आम नागरिकलाई गणतन्त्र नलागेको तर व्यापारी र नेताहरुलाई गणतन्त्र लागेको भन्दै प्रसाईंले दलाल, माफिया सामान्तीले देश सक्ने लागेको आरोप लगाएका छन्। उनले देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु परेको बताउँदै कुनै पार्टीको झोले र गुलाम भएर नहिड्नेसमेत बताए।

‘हाम्रो अभियानको उद्देश्य नै संघीयता खारेज, हिन्दु राज्य, २० लाख भन्दा मुनिको ऋण मिनाहा, २० लाख भन्दा माथीको ऋणमा ४ देखि ६ प्रतिशत ब्याजदर, लघुवित्त र सहकारी बन्द लगायतको माग रहेको छ’, उनले भने।

संसारमै नभएको कर नेपालमा रहेको उल्लेख गर्दै उनले उद्योग वाणिज्य संघ पनि पीडितको पक्षमा नआएको आरोप लगाए।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ४७ बजे

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१