सक्रिय भई काम गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन « Khabarhub

सक्रिय भई काम गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्रीको निर्देशन


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्।

मन्त्रालयअन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग आज भएको छलफलमा उनले बजेटको ३३ प्रतिशत हिस्सा रहे पनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिएका हुन्। निर्माण उद्योगको सकारात्मक सहयोगविना काम गर्न नसकिने भएकाले त्यसतर्फ ध्यान दिन उनले निर्माण व्यवसायीको ध्यानाकर्षण गराए।

‘मन्त्रालयको पुँजीगत खर्चको कार्यान्वयन कमजोर छ, सुधारका लागि मन्त्रालयले तीन वटा कार्यदल बनाएर सुधारको पहल गरेको छ, धेरै आयोजनाको राम्रो अवस्था नहुँदा मन्त्रालय र निर्माण उद्योगको पनि प्रतिष्ठा गिर्न थालेको छ, अब प्रतिष्ठा उँचो हुने गरी काम गर्नुपर्छ, बैठकमा जे निर्णय हुन्छ, त्यो कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन गर्न नसकिने निर्णयका बारेमा पहिल्यै भन्नुपर्छ’, मन्त्री श्रेष्ठले भने ।

मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम नहुने उल्लेख गर्दै उनले राज्य एवं निर्माण व्यवसायी मिलेर काम गर्नुपर्नेमा जोड दिए। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले आयोजना सम्झौताका बेला दस्ताबेजमा हस्ताक्षर गर्ने तर काम नगर्ने दुर्भाग्यपूर्ण अवस्थाको अन्त्यका लागि यस किसिमको छलफल आयोजना गरिएको बताए।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : ३४ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह