लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ : माधव नेपाल « Khabarhub

लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ : माधव नेपाल


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताए ।

पार्टीका अध्यक्ष नेपालले ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र विरुद्ध दिएको वक्तव्यप्रति आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

लोकतान्त्रिक गणतन्त्र विरुद्ध भ्रम फैलाउने उक्त वक्तव्यमा राजनीतिक दलप्रति लाञ्छना लगाउने कार्य असंवैधानिक रहेको विज्ञप्तिमा भनिएको छ । जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको संविधानद्वारा सामान्य नागरिक बनाएका शाहले केही दिन अगाडि झापाबाट गणतन्त्र विरोधी अभियान उद्घाटन गरेको र पटक पटक जनताको अधिकार हनन गरेको राजतन्त्रको ढाकछोप गरी गणतन्त्रविरुद्ध बोल्नु सरासर गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस्तो अभिव्यक्तिले अग्रगमन, प्रगति चाहनेलाई गम्भीर र चिन्तित बनाएको बताउँदै यसखाले गतिविधिका बिरुद्ध सबै जनता एकताबद्ध भएर प्रतिवाद गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ४९ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि