ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : उपप्रधानमन्त्री लिङ्देन « Khabarhub

ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : उपप्रधानमन्त्री लिङ्देन


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताएका छन् । इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रमा उहाँले ऊर्जा क्षेत्रमा लगानी विस्तारमा आफू लागिपरेको बताए ।

पछिल्लो समय राजनीतिक दलप्रति धेरैको असन्तुष्टि देखिएको उल्लेख गर्दै ऊर्जामन्त्री लिङ्देनले सबै मिलेर काम गर भन्ने जनादेश प्राप्त भएकाले देशलाई शिरमा राखेर काम गर्नुपर्नेमा जोड दिए । आफू मन्त्री भएपश्चात् विद्युत् उत्पादन बढाउन लागिपरेको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले देशमा राजनीतिप्रतिको वितृष्णा पैदा भइरहेको अवस्थामा राजनीतिक दल सुध्रिएर काम गर्नुपर्ने बताए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले पालिकाको आम्दानी हुने सङ्घसंस्था र पर्यटकीय स्थल पालिकाकै मातहतमा सञ्चालन गर्ने हो भने पालिकाको आम्दानी बढ्ने बताए । रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ जारी गर्दै ऐन विपरीत कसैले काम गरेमा तत्काल निलम्बनसम्मको व्यवस्था रहेको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ०८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु