भारतीय सेनाका पूर्व चार प्रमुख स्वदेश फिर्ता « Khabarhub

भारतीय सेनाका पूर्व चार प्रमुख स्वदेश फिर्ता


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली सेनाको २६० औँ स्थापना दिवस मूल समारोहमा भाग लिन आएका भारतीय सेनाका चारै जना पूर्वसेना प्रमुख नेपालको भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनीहरूले आजै बिहान सोलुखुम्बु जिल्लाको नाम्चे क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।

सेना दिवसको अवसर पारेर भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीर सिंह सुहाग नेपाल भ्रमणमा आएका हुन् । उनीहरूले आइतबार मुस्ताङ पुगेर मुक्तिनाथ मन्दिरको दर्शन गरेका थिए । उनीहरूले हिजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापतिसहित आफना समकक्षीसँग छलफल र विचार विमर्श गरे ।

नेपाली सेनाद्वारा जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा पनि पूर्वसैनिक प्रमुख सहभागी भए । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान अनुपम परम्परा छ । उनीहरू चारै जना नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानीबाट सुशोभित भारतीय पूर्वसेना प्रमुख हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ५८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका