मुखको स्वास्थ्य र यसको उपचार | Khabarhub Khabarhub

मुखको स्वास्थ्य र यसको उपचार

‘मुखमा समस्या आयो भने सिंगो शरीरमा नै असर हुन्छ’


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हामी सबैले मुख स्वास्थ्यलाई जोगाउनु पर्छ। मुख स्वास्थ्य भनेको हाम्रो जीवनको सौन्दर्य हो। मुखलाई स्वास्थ्य राख्न पान वा सूर्तीजन्य वस्तुको सेवन गर्नु हुँदैन। यसले दीर्घकालीन रूपमा मुखको क्यान्सरसमेत हुनसक्छ।

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा प्रत्येक वर्ष विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम गरेर मनाइने गरिन्छ। हाम्रो मुख स्वस्थ भए धेरै प्रकारका रोग लाग्नबाट बच्न सकिन्छ। पछिल्लो समय मानिसको मुख स्वास्थ्य धेरै समस्या आएको चिकित्सक बताउँछन्। मुख स्वास्थ्य भए सिंगो शरीर स्वस्थ हुन्छ। मुख स्वास्थ्यमा धेरै कुरा जोडिन्छन्। मुख मान्छेको सौन्दर्यदेखि लिएर स्वास्थ्य पाचन प्रणालीसँग पनि जोडिन्छ। दाँत, गिजा, घाँटी, लगायतका हरेक कुराको अवस्था कस्तो हुने भन्ने पनि मुख स्वास्थ्यसँग सम्बन्धित छन्।

मुख स्वास्थ्य बिग्रिएमा श्वासप्रश्वासमा समेत समस्या आउँछ। मुखमा रहेका किटाणु फोक्सोमा पुग्दा निमोनिया, फोक्सोमा सङ्क्रमण हुनसक्छ। त्यसैले मुख स्वास्थ्यमा के कस्ता समस्या देखा पर्दछन् ? मुख स्वास्थ्यमा सबै भन्दा महत्त्वपूर्ण भूमिका दाँत र गिजाले खेलेको हुन्छ। यसै विषयमा आधारित रहेर वरिष्ठ दन्त चिकित्सक डा. हरिश जोशीसँग खबरहबका लागि तयार पारिएको कुराकानीको सम्पादित अंश :

मुख स्वास्थ्यमा के कस्ता समस्या देखा पर्छन् ?
मुख स्वस्थ रह्यो भने हाम्रो सिंगो शरीर नै स्वस्थ हुन्छ। मुखमा समस्या आयो भने सिंगो शरीरमा नै असर गर्दछ। पहिला भन्दा अहिले नेपालमा मुख स्वास्थ्यका बारेमा धेरै जनचेतना फैलिएको छ। राम्राराम्रा उपचार उपकरणहरू पनि आएका छन्।

मुख स्वास्थ्यमा देखिने समस्या
एउटै कारणले गर्दा मात्र मुखको स्वास्थ्यमा समस्या नहुन सक्छ। दाँतदेखि गिजासम्मको समस्या मुखको स्वास्थ्यसँग सम्बन्धित हुन्छ। बुँदामा मुखको स्वास्थ्य समस्यालाई यसरी उल्लेख गर्न सकिन्छ :

दाँत किराले खाने समस्या
मुखमा सबै भन्दा बढी हुने समस्या भनेको दाँत किराले खाने समस्या हो। दाँतमा लागेको किरालाई मानिस सामान्य हो भनेर हेलचेक्राई समेत गर्छन्। यसले पछि दीर्घकालीन रूपमा गिजा पाक्ने र दाँतै झर्नेसम्मको समस्या देखा पर्न सक्छन्। खाने कुराहरू लामो समय सम्म दाँतमा अड्काई राख्ने, समयमा र सही प्रकारकाले ब्रस नगर्ने, कुल्ला नगर्ने गुलिया चकलेट, मिठाई लगायतका खाने कुरा खाएपछि कुला गर्दा दाँतमा समस्या आउँछ। यसरी दाँतमा समस्या हुँदा हामीले खाएको खाना राम्ररी चपाइँदैन। त्यसले गर्दा पाचन प्रणालीमा समस्या हुनसक्छ।

मुखबाट दुर्गन्ध आउने समस्या
मुखको दुर्गन्ध एउटा व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। कुनै व्यक्तिको मुखबाट दुर्गन्ध आउँछ भने उसलाई अरूले व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडासमेत हुन्छ। किनकी मुखबाट दुर्गन्ध आउनेको नजिक अरू मान्छे आउन चाहँदैनन्। यसको लागि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ यसले पाचन प्रणालीलाई सफा राखेर सासको दुर्गन्ध हटाउन मद्दत गर्छ।

मुखमा घाउ आउने समस्या
जिब्रो, ओठ, गिजामा प्राय घाउ भइरहेको हुन्छ। जुन घाउले गर्दा खाना खान, बोल्न समेत समस्या हुन्छ। शरीरमा पोषणको कमी हुँदा, भिटामिन बी, सी, आइरन तथा प्रोटिनको कमीले यस्तो घाउ खटिरा आउन सक्छ।

फोक्सो, कलेजो, मिर्गौलाको सङ्क्रमण
मानिसमा फोक्सोको सङ्क्रमण भयो भने मुखबाट गन्ध आउने गर्छ। कलेजोले खानालाई पचाउन सहयोग गर्दछ। त्यसैले कलेजोमा सङ्क्रमण भयो भने यसले राम्ररी काम गर्दैन र अपच हुने हुन्छ। शरीरमा मिर्गौलाको समस्या हुँदा मेटाबोलिक समस्या देखा पर्नसक्छ जसको कारण मुख सुख्खा हुने र अन्य समस्यासमेत देखा पर्ने हुनसक्छ।

मुख स्वास्थ्यको कसरी ख्याल राख्ने ?
मुख स्वास्थ्यलाई जोगाउनु पर्छ मुख स्वास्थ्य भनेको हाम्रो जीवनको सौन्दर्य हो।
–बिहान बेलुका खाना खाए पछि राम्ररी दाँतको सबै भाग सफा हुने गरी नरम ब्रसले दाँत माझ्नुपर्छ। बुँदामा मुखको स्वास्थ्य राख्ने तरिका :
-नुन पानीले कुल्ला गर्ने,
-प्रशस्त मात्रामा पानी सेवन गर्ने,
-पान वा सूर्तीजन्य बस्तुको सेवन नगर्ने, त्यसले दीर्घकालीन रूपमा मुखको क्यान्सर समेत हुनसक्छ,
-मुखमा आउने समस्या हटाउन ल्वाङ निकै उपयोगी मानिन्छ। ल्वाङ पाचन क्रियालाई राम्रो बनाउन निकै लाभदायक छ,
–हरियो सागपात वा फाइबर युक्त खाना खाने गर्नुपर्छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ०३ बजे

राप्रपाले भन्यो– अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

सिड्नी– आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको