साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत « Khabarhub

साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाकाले समान एक गोल गरे भने प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए ।

पहिलो हाफको २८औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलबाट आर्सनलले १–० को अग्रतासहित खेल देखाउन सुरू गरिसकेको थियो, त्यसमाथी  ४३औं मिनेटमा बुकायो साकाले गोल थपे पछि आर्सनलले पहिलो हाफमा नै २–० को  अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरूवाती मै अर्थात ५५औं मिनेटमा झाकाले गोल थपे पछि आर्सनललाई सहज जिततर्फ अघि बढ्यो तर ६३औं मिनेटमा प्यालेसका जेफरेले गोल फर्काउँदै खेललाई ३–१ को स्थिति बनाए ।

तर, ७४औं मिनेटमा काइरन टाइएरनीको पासमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे पछि आर्सनल सानदार जित निकाल्न सफल भयो ।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ । आर्सनलाई पछ्याउँदै आएको म्यानचेस्टर सिटीको ६१ अंकमा छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ४५ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन