साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत « Khabarhub

साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाकाले समान एक गोल गरे भने प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए ।

पहिलो हाफको २८औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलबाट आर्सनलले १–० को अग्रतासहित खेल देखाउन सुरू गरिसकेको थियो, त्यसमाथी  ४३औं मिनेटमा बुकायो साकाले गोल थपे पछि आर्सनलले पहिलो हाफमा नै २–० को  अग्रता लिन सफल भयो ।

दोस्रो हाफको सुरूवाती मै अर्थात ५५औं मिनेटमा झाकाले गोल थपे पछि आर्सनललाई सहज जिततर्फ अघि बढ्यो तर ६३औं मिनेटमा प्यालेसका जेफरेले गोल फर्काउँदै खेललाई ३–१ को स्थिति बनाए ।

तर, ७४औं मिनेटमा काइरन टाइएरनीको पासमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे पछि आर्सनल सानदार जित निकाल्न सफल भयो ।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ । आर्सनलाई पछ्याउँदै आएको म्यानचेस्टर सिटीको ६१ अंकमा छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ४५ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी