मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीको चौथो हार « Khabarhub

मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीको चौथो हार


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो ।

पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गरेको गोल नै काफी हुन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा एकम्वीले गोल गरेपछि पिएसजी खेलमा सुरुमा नै पछि पर्यो भने पहिलो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा मुइनगाले थप गोल गरे, जुन गोल नै पिएसजीलाई समग्र खेलको चौथो हारका लागि काफी भयो । अग्रपङ्तिमा लियोनेल मेस्सी र केलियन एमबाप्पे रहे पनि गोल गर्न नसक्दा पिएसजीको केही लागेन ।

यस हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत नै छ भने पिएसजीलाई चौथो हार दिएको रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ४५ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी