आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु नपर्ने « Khabarhub

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु नपर्ने


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ औसीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालको कुनै पनि भूभागबाट देखिँदैन।

जसकारण नेपालमा कुनै पनि प्रकारका दोष नलाग्ने र बार्नु पनि पर्दैन। ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ।

बिहीबार बिहान सूर्योदयसँगै पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणको प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ। बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन। शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दोष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन।

अश्विनी नक्षत्र, बिहीबार, पर्व विशेष माता तीर्थ औंसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेको पाइँदैन । विशेषगरी मेष, कन्या, वृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ।

माता तीर्थ अ‍ौंसी अश्विनी नक्षत्र, बिहीबार, मेष राशिमा परेको ग्रहणयोग दान, तर्पण तथा कुनै पनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ। जन्म कुण्डलीमा नागदोष या कुनै पनि प्रकारका ग्रहण दोष योग परेको छ भने विधिअनुसार पूजा तथा आराधना गर्नाले सम्पूर्ण दोषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ।

बृहस्पति अस्त भए पनि नित्य पूजा तथा नियमितरूपमा मन्त्र जाप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारको दोष नलाग्ने त्यसमा पनि बृहस्पतिबार शुभबार भएकाले साधना पूरा हुने उल्लेख गरिएको छ। बिहीबार बिहान ९ बजेर ५९ मिनेटसम्म मात्रै औंसी तिथि रहने पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ।

वैज्ञानिक तथा खगोलविद्का लागि यस्ताखाले खगोलीय घटनाहरुलाई विश्वभर निककै महत्वका साथ हेरिने भएकोले यसको चर्चा अधिक मात्रामा हुनेगरेको हो। एक पटक लागेको ग्रहण पुनः दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण देखा पर्दछ। अतःलामो समय कुर्नुपर्ने भएकाले पनि यस्ता ग्रहण योगका पर्वलाई विशेष महत्वका साथ शास्त्रमा व्याख्या गरिएको छ।

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन्।)

 

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ६ : ३० बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित