ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा « Khabarhub

ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ । 

कार्यालयका अनुसार मुख्य व्यक्ति शैलेन्द्रकुमार कुरुम्वाङ रहेका विराटनगरस्थित एसएएस कन्स्ट्रक्सन प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ । एक वर्ष तीन महिना कालो सूचीमा परेका कम्पनीमा मुख्य व्यक्ति गोकर्णप्रसाद पण्डित रहेको नागार्जुन शंकरमाली जेभी, मुख्य व्यक्ति  दीपक सापकोटा रहेको शंकरमाली निर्माण सेवा प्रालि, मुख्य व्यक्ति राजुप्रसाद श्रेष्ठ रहेको वाई पी कन्स्ट्रक्सन, रविनकुमार जोशी मुख्य व्यक्ति रहेको रफिना कन्स्ट्रक्सन कालोसूचीमा परेका छन् ।

साथै मुख्य व्यक्ति टंकप्रसाद चौलागाई रहेको धुलिखेल–युनिकर्ण जेभी र मुख्य व्यक्ति हरि खड्का रहेको युनिकर्ण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । त्यस्तै मुख्य व्यक्ति विमल चौधरी रहेको फेवा नेपाल प्रालि इटहरी, मुख्य व्यक्ति रेशम श्रेष्ठ रहेको कन्या कालिका स्टील फर्निचर, मुख्य व्यक्ति  प्रमिला थापा रहेको ओम शान्ति निर्माण सेवा भद्रपुर,  मुख्य व्यक्ति अनिल कुमार रहेको रेडलाइन कन्स्ट्रक्सन कम्पनी प्रालि वीरगञ्जलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । 

त्यसैगरी मुख्य व्यक्ति जौवाद हुसेन रहेको सेफ मेटल कन्स्ट्रक्सन प्रालि वीरगञ्ज, मुख्य व्यक्ति राजुभाई सैँजु रहेको सिरुवा कन्स्ट्रक्सन, मुख्य व्यक्ति गोरे तामाङ रहेको कविर कन्स्ट्रक्सन, र मुख्य व्यक्ति सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १ : ०८ बजे

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा