एसीसी प्रिमियर कपमा मलेसिया विजयी « Khabarhub

एसीसी प्रिमियर कपमा मलेसिया विजयी


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यस जितसँगै दुई खेल खेलेको मलेसियालले दुई अंक जोडेको छ ।

साउदी अरेबियाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आजको खेलमा साउदी अरेबियाले प्रस्तुत गरेको १५४ रनको लक्ष्य मलेसियाले २१ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाका  मोहम्मद अमिर र वीरनदीप सिंहले अर्धशतकीय पारी खेले । अमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै वीरनदीप सिंहले ५३ बलमा ८ चौकाको मद्दतमा ५१ बनाए । मलेसियाका अर्का खेलाडी सैयद अजिजले अविजित ३४ रन जोडे । साउदी अरेबियाको लागि जइन उल अबिदीनले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योफगल बनाएको थियो । साउदीका लागि हसिब घफोरले सर्वाधिक ४० रनको योगदान दिए भने अब्दुल वाहिदले ३६ रन बनाए । त्यसैगरी कप्तान हिसम शेखले २७ तथा अतिफ उर रहमानले अविजित १८ रन बनाए ।

बलिङर्फ मलेसियाका खिजर हायातले तीन विकेट लिए भने मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान दुई-दुई विकेट लिए । त्यस्तै वीरनदीप सिंहले एक विकेट झारे । 

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ६ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार