बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


७ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं-४ बाट  बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका -६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं-४ बस्ने ४० वर्षीय रश्मी सिग्देल रहेकी छन् ।  उच्च अदालत पाटनले उनीविरुद्ध २०७९ फागुन २३ गते बैंकिङ कसुर मुद्दामा २६ लाख ९८ हजार ५०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेकी सिग्देललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको हो ।

फैसला कार्यन्वयनको लागि आज भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ७ : ५० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको