चन्द्रागिरिमा मातातीर्थ मेला : भक्तजनद्वारा अवलोकन « Khabarhub

चन्द्रागिरिमा मातातीर्थ मेला : भक्तजनद्वारा अवलोकन


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लाग्ने मातातीर्थ मेलाको हजारौँ भक्तजनले अवलोकन गरेका छन् । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज दिनभरि घुइँचो लागेको थियोे ।

प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी मनाइने मातातीर्थ मन्दिरमा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका भक्तजनको घुइँचो लागेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए। आज एक दिन मात्र लाग्ने मातातीर्थको पाँच लाखदेखि सात लाखसम्म भक्तजनले मेला भरेको उनले बताए ।

मेला भर्न आएका भक्तजनले गए रातिदेखि आमाको सम्झनामा बत्ती बालेर रातभर जाग्राम बस्ने र आज बिहान आमाको प्रतिमा पूजा गरी मातातीर्थ कुण्डमा स्नान गरेका थिए । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेको छ ।

आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आमालाई नयाँ लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १० : ०३ बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को