एक्लो संगीत साधक कर्म योञ्जन | Khabarhub Khabarhub

एक्लो संगीत साधक कर्म योञ्जन



कर्म योञ्जनको नाम सुरुमा जोडिएर कर्म गोपाल योञ्जन भनेर आएको हो। कर्म गोपालले सङ्गीत गरेका गीत नारायण गोपाल, दिलमाया खातीले गाएका छन्। संगीत साधक पिटर जे कार्थकको लेखेको पङ्तिबाट सुरुवात गर्छु- कर्म योञ्जन भनी मेरो ध्यानको दायरा भित्र परेन किनभने उसले दार्जिलिङमै बस्न रुचायो। मैले म हुर्केको सहर दार्जिलिङ झन्डै ४० वर्ष अघि छोडेको हुँ। प्रकाश सामयीले एक पटक एकजना बंगाली लेखकलाई उद्धृत गर्दै भनेका थिए, ‘दार्जिलिङमा कलाकारलाई कि रक्सीले खान्छ, कि नेपालले लान्छ।’ यो बंगाली लेखकको भावलाई अनुवाद गरेर लेखेको थिएँ। उहाँले यहाँ त्यो भनाइ राख्नुभएपछि यो भन्न मन लागेको हो।

दार्जिलिङका प्राय कलाकार आफ्नो सुन्दर भविष्यको निर्माणको क्रममा पहाडी राज्य दार्जिलिङ छोडेर नेपाल आउँछन्। कसैलाई नेपाल ल्याइन्छ। अम्बर गुरुङलाई तत्कालीन राजा महेन्द्रले नेपाल बोलाए। उनलाई समानार्थक नागरिकता पनि दिइयो। उनलाई यहाँ ल्याउनमा धेरै मान्छेको अहम् भूमिका छ।

दार्जिलिङबाट अम्बर गुरुङपछि अन्य कलाकार पनि आए। त्यहाँबाट धेरै जसो सङ्गीतको सेवा गर्न र शिक्षा प्रदान गर्न आउने गरेका छन्। स्कुलको शिक्षक भएर धेरै आएका छन्। पछिपछि रेस्टुरेन्ट सञ्चालन गर्न आएका छन्। मम, थुक्पाको व्यवसायका लागि पनि आएका छन्। कर्म योञ्जन एक मात्र सङ्गीत साधक रहे दार्जिलिङ छोडेर अन्यत्र गएनन्।

कर्म याञ्जनको साङ्गीतिक यात्रा अम्बर गुरुङको साहकार्यमा सुरु भएको हो। कर्म योञ्जनले अम्बर गुरुङलाई आफूलाई सङ्गीत सिकाउने एक साधकका रूपमा स्वीकारेका छन्। कर्म योञ्जनको सङ्गीतमा गीत गाउने प्रमुख गायकमा कुमार सुब्बा, दिलमाया खाती, दाबा ग्याल्मो, किरण प्रधान, डिजी बराइली, दुर्गा खरेललगायत धेरै नामहरू आउँछन्।

उहाँले नेपाली रंमञ्चको ऐतिहासिक नाटक ‘अनि देउराली रुन्छ’मा मनबहादुर मुखियाको शब्दमा सङ्गीत गरेको गीतलाई दुर्गा खरेल, कुमार सुब्बा, डी जी बराइली, दावा ग्याल्मो आदिले गाएका हुन्। यो नाटकका गीतहरू धेरै लोकप्रिय भए। नाटकबाट मानबहादुर मुखिया चिनिए। नाटकबाट अभिनेता अभिनेत्री चिनिए, गायक गायिका चिनिए तर सङ्गीतकार कर्म योञ्जनको चर्चा कम नै भयो।

दार्जिलिङको भर्खरभर्खर सुरु भएको सांगीतिक इतिहासमा हरि प्रदीप उदय, हिरा सिंह नवीन बर्देवा, गोपाल श्रेष्ठ पछिको एउटा जेनेरेसनको बीचमा अम्बर गुरुङको नाम आउँछ। अम्बर गुरुङ सँगसँगै कर्म योञ्जन, गोपाल योञ्जन जस्ता धेरै नाम रहेका छन्। कर्म र गोपाल मिलेर केही गीत गरेका छन्। बाँकी गीतहरू अलगअलग पनि गरेका छन्। यी दुवै जना हिमालय कला मन्दिरसँग आबद्ध थिए। अहिले पनि हिमालय कला मन्दिर दार्जिलिंगको सबै भन्दा पुरानो हो। जहाँ अहिले वसन्त क्षेत्री, पुरण गुरुङ रहेका छन्। हिमालय कला मन्दिरबाट विभिन्न विशिष्ट कलाकार मञ्चमा आएका छन्। सङ्गीतकार कर्म योञ्जनले आफ्नो सङ्गीतमा आफ्नै समकालीनको भन्दा पनि फरक किसिमले सङ्गीत गरेका छन्।

कर्म योञ्जनले अभिभावकको हैसियतले दार्जिलिङमा बसेर दार्जिलिङका गायक गायिकाहरूलाई जुन अभिभावकत्व दिएका थिए त्यो महत्त्वपूर्ण पक्ष हो। तर अन्य गायक गायिकाले दार्जिलिङ छोडिसकेका थिए। तर कर्म योञ्जनले छोडेका थिएनन्। दार्जिलिङमा नै बसेर नयाँ पुस्तालाई जुन प्रेरणा जगाए त्यो एउटा महत्त्वपूर्ण पक्ष हो। अर्को महत्त्वपूर्ण इतिहासको घडी के हो भने दार्जिलिङका धेरै गायक गायिकाको कलाकारलाई कर्म योञ्जनले नेपाल लिएर आए।

प्रमाणिक रूपमा केही नामहरू भन्न चाहन्छु जो कर्म योञ्जनको मार्फत नेपाल आएका थिए। २०३९ साल पुस २७ गते सांस्कृतिक संस्थानले आयोजना गरेको राष्ट्रिय एकता दिवसको कार्यक्रममा नारायण गोपाल गुरु आचार्यको निम्तामा कर्म योञ्जनले एउटा कार्यक्रम लिएर आएका थिए। त्यो कार्यक्रमको नाम थियो स्मृतिका कोशेली हाम्रा गीतहरू भन्ने कार्यक्रममा कर्म योञ्जनले पहिलो पटक नेपाल ल्याएको गायिका कुन्ती सुन्दास पछि कुन्ती मोक्तान भएका हुन्।
कर्म योञ्जनका भाइ गोपाल योञ्जनसँग मित लगाएका नारायण गोपालको त्यत्तिबेला गोपाल योञ्जनसँग एउटा दूरी बनिसकेको थियो। तर कर्म योञ्जनसँग यथावत् नै थियो। नारायण गोपालले धेरै कम मान्छेलाई दाइ भन्ने सुनेको छु मैले। धेरै कमलाई उनले आधार गरेर बोलेको सुनेको छु।

उनको साना र ठूला तथा अग्रजसँग एउटै सम्बन्ध रहेको थियो। उनले केही व्यक्तिहरूलाई नाताले दाइ भनेका छन्। त्यसमध्ये कर्म योञ्जन एक रहेका छन्। उनलाई कर्म दाजु नै भन्ने। नाताले मित दाजु पर्छन्। नारायण गोपालको मित दाजुले स्मृतिका कोसेली हाम्रा गीतहरू यही कार्यक्रमका लागि जति जना कलाकार नेपाल आए त्यसमध्ये केही कलाकार त नेपाल नै आएर बसे।

कर्म योञ्जनको सङ्गीतमा डीजी बराइलीले ‘एउटा खुला किताब हुँ तिमी पनि पढे हुन्छ।’ यस्ता धेरै गीत लेखेका छन्। कर्म योञ्जनले सङ्गीत गरेका गीत नारायण गोपालले गायकका गीतमा आफ्नै एउटा स्वाद, परिवेश छ। तर उनले पे्रमध्वज प्रधानसँग सहकार्य गर्न पाएनन्। तारा देवीसँग एकै झमटमा दुई वटा गीत रेकर्डिङ गराएका थिए।

मिरा राणाको लागि पनि उनले गीत गरेका छन्। नारायण गोपाल, तारादेवी, मिरा राणा जस्ता कलाकारसँग उनले सहकार्य गरेका छन्। यही समयका लोकप्रिय गायक बच्चु कैलाशसँग कर्म योञ्जनले काम गरेका छैनन्। कर्म योञ्जन आफै भन्छन्, ‘मलाई नेपाल आउँदा बच्चु कैलाशलाई भेटने ठूलो रहर छ। यो कुरा मैले बच्चु कैलाशका भाइ सनतकुमार बस्नेतलाई पनि भने। कर्म योञ्जन जस्तो एउटा अग्रज ज्येष्ठ सङ्गीत पुरुषलाई बच्चु कैलाशलाई भेट्टाउने एउटा कार्यक्रम तयार पार्नु भनेको छु। उनका भाइले म भेट्ने चान्स अवश्य मिलाउँछु भनेका छन्। त्यो अवश्यक हुन्छ।

कर्म योञ्जनलाई मैले सन १९५८ मा देखेको हुँ। जतिखेर मेरो उमेर १४–१५ वर्षको हुँदो हो। म टन बोर्ड हाई स्कुलमा कक्षा ८ मा पढ्थेँ। हाम्रो दोस्ती मोड भेटबाट भएको हो। एक बिहान म आफ्नो कक्षामा पस्दा मेरो बेन्चमा साबिक ठाउँमा एउटा नयाँ केटो बसिरहेको थियो। जो टिनएज पार गर्न लागेको वयस्क देखिन्थ्यो। मैले उसलाई मेरो ठाउँ खाली गर भने। उसले मानेन। अडान पनि लियो। आखिर उसले बसेर त्यो ठाउँ तताई सकेको थियो। भाइ तिमी अर्को ठाउँमा गएर बस, म यहाँ बसी सकेको छु। मलाई यो ठाउँ मनपर्यो उसले भन्यो। उसले मलाई भाइ भनेको थियो तर केही रुखो पाराले। ऊ ८ कक्षामा औशत विद्यार्थी भन्दा केही पाको थियो।

सायद शरद प्रधान, रञ्जित गजमेर र ललित भन्दा जेठो हुँदो हो। मैले पनि मानिन। चार महिनादेखि यहाँ बस्तै आएको छु, म यो सिट छोड्दिन भने। हाम्रो कक्षा दोस्रो तलामा थियो। झ्याल नेरको त्यो सिटबाट मूल सडकमा हिँडने मानिस र ठिटीहरूसँगै बजारका माल गोदाम मार्फत जाने रेलका डिब्बालाई हेर्न सकिन्थ्यो। यस्तो काइदाको सिट म किन छोड्थेँ। ती मान्छे थिए कर्म योञ्जन। धेरै समयपछि कर्म योञ्जन सिट छोडेर बेन्चको बीच भागमा सरे। अब हामी दुवै एउटै बेन्चमा सहपाठी भयौं। यो नयाँ मर्द ठिटोले मलाई विस्मित तुल्यायो। कर्म योञ्जन भने सुन्दर, सफा, चिटिक्क र फुर्तिलो थिए। कर्म योञ्जनको यो १९ वर्ष जतिको बेलाको चर्चा हो। कर्म योञ्जन अहिले ८५ वर्षको उमेरमा पनि त्यस्तै हिरो छन्। यसमा कुनै विवाद छैन। कर्म योञ्जनले नेपाली नाटकमा धेरै सङ्गीत गरेका छन्। नेपाली फिल्म बजारमा पनि सङ्गीत गरे। उनको सांगीतिक योगदानको चर्चा त्यति भएन। डीबी परिवारका फिल्ममा सङ्गीत गर्ने तय गरेका थिए। तर डीबी परिवारको असामयिक निधनपछि त्यो फिल्म बनेन। अहिले डीबी परिवारका छोरा यो फिल्म बनाउन कर्म योञ्जनसँग आइरहेका छन्। कर्म योञ्जन अहिले पहिला जस्तो सकृय छैनन्। तर साङ्गीतिक चिन्तनमा उनको निरन्तरता जारी छ। ईश्वर वल्लभको एउटा गीतलाई कर्म योञ्जनले अकाश अकाश छुने नै बनाइदिए । उनका गीतको अलगै इतिहास रहेको छ। च्यानल नेपाल टेलिभिजनमा प्रशारण हुने समय भन्ने कार्यक्रमको बारेमा पनि पिटरले चर्चा गरेका छन्। ‘‘काठमाडौंका मिडिया संस्थाले उनीहरूका प्रकाशन एफएम स्टेसन टीभी च्यानलका पाठक श्रोता र दर्शक दार्जिलिङका बस्ती, सिक्किम, भुटान उत्तर पूर्व भारतमा पनि छन् भन्ने कुरा बिर्सन्छन्। धन्न पत्रकार प्रकाश सामयीले कर्म योञ्जनको अन्तर्वार्ता च्यानल नेपालमा चलाउने कार्यक्रम समयका लागि लिइदिए। दसैँको मुखैमा थियो। त्यसैले पनि काठमाडौँमा अखबार, रेडियो र टीभीका पत्रकारको ध्यान अन्यत्र मोडियो होला। हुन त म मिडियामा नै थिएँ। तर पुरस्कार थाप्नलाई कर्म योञ्जन काठमाडौं आएको कुरा मलाई थाहा थिएन। कर्म योञ्जन र गोपाल योञ्जनका कान्छा भाइ कुलदीप योञ्जनले जावलाखेलको एक ठाउँमा भेटघाट गर्ने मौका मिलाएछि मात्र यो कुरा मलाई थाहा भयो।

त्यो साँझ दशकौँको बिछोडपछि मेरो भेट कर्म योञ्जनासँग भयो। सुनौला पुराना दिनहरू सम्झिएँ। कर्म योञ्जन गीतलाई सङ्गीत गर्दा प्याटोनमा भन्दा पनि गीतको मोडमा सङ्गीत गर्थेँ। कर्म योञ्जन नेपाली आकाशमा अत्यन्त आदरणीय सङ्गीतकार हुन्। उनका धेरै गीत सङ्गीतका चेलाचेलीहरू सँग रमाएका छन्। दार्जिलिङ उनीसँगै छ। नेपाली जगत उनीसँगै छ। नेपाली सङ्गीत आकाशका श्रेष्ठ पुरुष कर्म योञ्जनप्रति हाम्रो धेरैधेरै शुभकामना छ। (नेपाली जगतका अत्यन्त आदरणीय सङ्गीतकार कर्म योञ्जनका बारेमा प्रकाश सामयीले तयार पारेको सम्पादित अंश)
प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  १२ : १६ बजे

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२