खोला अतिक्रमण गरी मोक्षालय बनाएपछि स्थानीय आक्रोशित « Khabarhub

खोला अतिक्रमण गरी मोक्षालय बनाएपछि स्थानीय आक्रोशित


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा खहरे खोल्सीलाइ अतिक्रमण गरिएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन ।

नदिको छेउमा नै रहेको सामूहिक पितृ मोक्षालय केन्द्रको सौन्दर्यकरण गर्ने क्रममा बर्दिबास-१ मा रहेको पानी खोल्सी अतिक्रमण गरिएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन । खोल्सीको धार नै परिवर्तन हुनेगरि नदिको बिचबाट ढ्याम बनाएर मोक्षालय बढाउने नाममा खोला अतिक्रमण गरिएको स्थानियहरुको भनाइ छ । 

मोक्षालय सौन्दर्यकरणको लागी पर्यटन विकास कार्यालय  मधेश प्रदेशबाट विनियोजित गरिएको  १५ लाख बजेटमा अहिले यहाँ काम भैइरहेको छ । मोक्षालयका अध्यक्ष कृष्ण गौतमले स्थानीयहरुसगँ छलफल नै नगरी प्राविधिक इस्टिमेट गर्न लगाएको भन्दै स्थानीय युवा राजु दोङले आपत्ती जनाए ।

‘यहाँ बनाइएको संरचनाले खोलाको धार मात्र परिवर्तन भएको छैन, देउराली माध्यामिक विद्यालय र गाउँ नै जोखिममा पर्ने सम्भावना बढेको छ,’ उनले भने । नजिकै रहेको देउराली उच्च माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दोङले विद्यालय र गाउँको संवेदनशीलतालाई ख्याल नै नगरी पूर्वाधार निर्माण गरिएको बताए ।

संरचना निर्माणको लागी प्राविधिक नापजाँच गर्ने इन्जिनियर माथि पनि स्थानीयले आक्रोश व्यक्त गरेका छन् । इन्जिनियर पेशाको न्यनतम आचारसंहिता समेत ख्याल नगरी नापजाँच गरिएको भन्दै पर्यटन बोर्डका प्राविधिक सुनिल सेखर यादवसँग स्थानीयले आक्रोश व्यक्त गरेका छन् । 

हाल स्थानीयले आधा बनिसकेको कामलाई रोक लगाइदिएका छन । छलफल नगरी काम अगाडि बढाउन नदिने उनीहरूको अडान छ ।

 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  २ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै