खोला अतिक्रमण गरी मोक्षालय बनाएपछि स्थानीय आक्रोशित « Khabarhub

खोला अतिक्रमण गरी मोक्षालय बनाएपछि स्थानीय आक्रोशित


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा खहरे खोल्सीलाइ अतिक्रमण गरिएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन ।

नदिको छेउमा नै रहेको सामूहिक पितृ मोक्षालय केन्द्रको सौन्दर्यकरण गर्ने क्रममा बर्दिबास-१ मा रहेको पानी खोल्सी अतिक्रमण गरिएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन । खोल्सीको धार नै परिवर्तन हुनेगरि नदिको बिचबाट ढ्याम बनाएर मोक्षालय बढाउने नाममा खोला अतिक्रमण गरिएको स्थानियहरुको भनाइ छ । 

मोक्षालय सौन्दर्यकरणको लागी पर्यटन विकास कार्यालय  मधेश प्रदेशबाट विनियोजित गरिएको  १५ लाख बजेटमा अहिले यहाँ काम भैइरहेको छ । मोक्षालयका अध्यक्ष कृष्ण गौतमले स्थानीयहरुसगँ छलफल नै नगरी प्राविधिक इस्टिमेट गर्न लगाएको भन्दै स्थानीय युवा राजु दोङले आपत्ती जनाए ।

‘यहाँ बनाइएको संरचनाले खोलाको धार मात्र परिवर्तन भएको छैन, देउराली माध्यामिक विद्यालय र गाउँ नै जोखिममा पर्ने सम्भावना बढेको छ,’ उनले भने । नजिकै रहेको देउराली उच्च माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दोङले विद्यालय र गाउँको संवेदनशीलतालाई ख्याल नै नगरी पूर्वाधार निर्माण गरिएको बताए ।

संरचना निर्माणको लागी प्राविधिक नापजाँच गर्ने इन्जिनियर माथि पनि स्थानीयले आक्रोश व्यक्त गरेका छन् । इन्जिनियर पेशाको न्यनतम आचारसंहिता समेत ख्याल नगरी नापजाँच गरिएको भन्दै पर्यटन बोर्डका प्राविधिक सुनिल सेखर यादवसँग स्थानीयले आक्रोश व्यक्त गरेका छन् । 

हाल स्थानीयले आधा बनिसकेको कामलाई रोक लगाइदिएका छन । छलफल नगरी काम अगाडि बढाउन नदिने उनीहरूको अडान छ ।

 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  २ : २९ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा