सडक अनुशासनबारे व्यवहारिक ज्ञान दिन ट्राफिक क्लब गठन « Khabarhub

सडक अनुशासनबारे व्यवहारिक ज्ञान दिन ट्राफिक क्लब गठन


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि ट्राफिक क्लब गठन गरेको छ । कामपाले आज डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा क्लब गठन गरेको हो ।

क्लब गठनपछिको प्रतिक्रियामा कामपाको प्रमुख बालेन्द्र साहले भने, “मैले प्रमुख पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको थिएँ । मतदातासँग त्यसबेला गरिएको प्रतिबद्धता पूरा गराउने कार्यक्रम सुरु गरेको हुँ ।” उनले नेपालमा नै पहिलोपटक विद्यालयमा ट्राफिक क्लब स्थापना गरिएको दाबी गरे।

क्लब गठन गरिएसँगै बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि ठूलो सहयोग पुग्ने विश्वास कामपाको छ । क्लबमा १० जना सदस्य रहनेछन् ।

क्लबमा आबद्ध विद्यार्थीहरूको कामबारे जानकारी दिँदै प्रमुख साह भन्छन्, “काठमाडौँका धेरै स्कुल व्यस्त सडक किनारामा छन् । यस्ता विद्यालयका सदस्य बिहान खुल्ने र साँझ बिदा हुने समयमा सक्रिय हुन्छन् । उनीहरुले चार–चार जनाको समूह बनाएर सडक पार गर्दा अपनाउनुपर्ने सावधानी सम्झाउँदै पैदलयात्रुका दायित्वका विषयमा विद्यार्थीलाई सम्झाउने छन् ।”

उनका अनुसार गठन गरिएको क्लबले जेब्रा क्रसको सङ्केत राखिएको ठाउँबाट मात्र सडक पार गर्नुपर्छ । रातो बत्ती बलेको बेलामा बाटो काट्न हुँदैन । चालक तथा यात्रुले सङ्केत बत्तीको निर्देशन पालना गर्नुपर्छ । ‘स्टप’मा रोकिने, ‘गो’ मा मात्र जाने बानीको विकास गराउनुपर्छ । यी विषयमा बाल्यकालको शिक्षासँगै ज्ञान दिन क्लबका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्नेछन् ।

क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेटलगायतका आवश्यक सामग्री दिइएको छ । क्लब गठनको यो थालनी हो । उक्त क्लबले विद्यालयको पिकआवरमा बाटो काट्नका लागि सहयोग हुन्छ भन्ने अपेक्षा लिएको छ । अहिले एउटा विद्यालयमा मात्रै क्लब गठन गरिएको भए पनि आगामी दिनमा कामपाको ८९ वटै सामुदायिक विद्यालयमा गठन गर्ने तयारी छ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  १० : ३५ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक