चलाउनेको समर्थन गर्दै त्रिविका प्राध्यापकद्वारा उपकुलपति कार्यालयअगाडि प्रदर्शन « Khabarhub

चलाउनेको समर्थन गर्दै त्रिविका प्राध्यापकद्वारा उपकुलपति कार्यालयअगाडि प्रदर्शन


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन गर्दै प्राध्यापकहरुले किर्तिपुरस्थीत उपकुलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

चलाउनेमाथि सांघातिक हमला गर्नेहरुलाई सरकारले उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उपकुलपति कार्यालयअगाडि अनसन सुरु गरेका चलाउनेप्रति समर्थन जनाउदै प्रगतिशील प्राध्यापक संगठनले प्रदर्शन गरेको हो ।

चलाउनेमाथि आक्रमणको विरुद्धमा अदालतमा मुद्दा विचाराधिन रहेपनि सरकारले उक्त मुद्दा नै फिर्ता लिन खोजेको प्राध्यापकहरुको भनाइ छ ।

यसअघि सोमबार मुद्दा फिर्ता गर्ने निर्णय सरकारले गरेको भन्दै जिल्ला अदालत पुग्दा चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि छाडेको थियो ।

त्यसपछि उनी किर्तिपुरस्थित विश्वविद्यालय परिसरमा अनसन बसेका थिए । केही समयअघि चलाउनेमाथि नेविसंघका कार्यकर्ताहरुले सांघातिक हमाल गरेर घाइते बनाएका थिए । त्यसपछि चलाउने अदालत गएका थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ३ : १२ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल