आधारभूत अस्पतालको निर्माण अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री बस्नेतलाई एमालेको ज्ञापनपत्र « Khabarhub

आधारभूत अस्पतालको निर्माण अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री बस्नेतलाई एमालेको ज्ञापनपत्र


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले विगतको सरकारले सुरु गरेका आधारभूत अस्पतालको निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठ नेतृत्वको टोलीले विगतको सरकारले ३९६ स्थानमा आधारभूत अस्पतालको शिलान्याश गरेपनि अहिले बजेटका अभावका कारण निर्माणले गति लिन नसकेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो ।

त्यस्तै, एमालेले संघीय स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनुपर्ने तथा जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को पूर्ण कार्यान्वयन लगाएतका ११ बुँदे माग अघि सारेको छ ।

ज्ञापनपत्र बुझाउदै एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख श्रेष्ठले स्वास्थ्य सेवामा देखिएका समस्या समाधान गर्दै स्वाथ्यकर्मीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । उनले स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा बजेट कम हुनु उचित नभएको उल्लेख गरे ।

त्यस्तै ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्यसम्बन्धी विषयमा आएका सुझावहरु महत्वपूर्ण रहेको भन्दै यसलाई आवश्यक छलफल गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाइने, सबै जनतालाई सहज रुपमा स्वास्थ्योपचारको व्यवस्था गर्न ध्यान केन्द्रीत गरेको उल्लेख गरे ।

एमालेले दरबन्दीअनुसारको जनशक्ति व्यवस्था गर्नुपर्ने, महामारीजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणको पूर्वतयारी गर्नुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ३ : ३६ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये