सरकारले नेपाल-चीन सीमानाको तातोपानीमा सीमा चिह्न पुनःस्थापनाका लागि टोली गठन गर्ने « Khabarhub

सरकारले नेपाल-चीन सीमानाको तातोपानीमा सीमा चिह्न पुनःस्थापनाका लागि टोली गठन गर्ने


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मोस्थीत सीमा चिन्ह स्तम्भ ५३ (१) लाई यथास्थानमा संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय भएको उनले बताइन् ।

बैठकमा पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : ३८ बजे

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६