अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित « Khabarhub

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई दुई सय आठ रनको विजयी लक्ष्य दिएको थियो ।

जबाफी ब्याटिङ गरेको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालका लागि भीम सार्कीले सानदार अर्धशतक बनाए । उनले ११४ बलमा ७७ रनको महत्वपूर्ण योगदान गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए भने कुशल भुर्तेलले ३९ र रोहित पौडेलले १६ रन बनाएका थिए ।

यसअघि ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो । अमेरिकाका लागि सातौं नम्बरका विकेटकिपर शायन जाहांगीरको सानदार शतकमा प्रहार गरेका थिए ।
शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनमा नट आउट रहे । उनको यो अन्तर्राष्ट्रिय करिअरको कुनैपनि खेलको पहिलो शतक हो । उनले ७९ बलमा शतक पूरा गरेका थिए ।

सुशान्त मोदानी ७१ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । निसर्ग पटेलले ८ र जेसी सिंहले १२ रनमा आउट भए । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेका थिएनन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : ११ बजे

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा