किसानलाई तत्काल रासायनिक मलको प्रबन्ध गर्न माग | Khabarhub Khabarhub

किसानलाई तत्काल रासायनिक मलको प्रबन्ध गर्न माग


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिका छलफल जारी छ । आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षमाथिको छलफल सकिएको छ ।

छलफलमा भाग लिँदै सांसद लालवीर चौधरीले खेतीपातीको समयमा रासायनिक मल नपाएकाले तत्काल उपलब्ध गराउन माग गरे । रासायनिक मलका लागि सरकारले रु ३० अर्ब बराबरको बजेट विनियोजन गरिएकाले त्यसलाई उचितरुपमा मल आयातको प्रबन्ध गर्न माग गरे ।

सांसद अमरेशकुमार सिंहले काठमाडौँ उपत्यकाभित्र खुल्ला स्थान क्रमशः मासिँदै गएकाले मानव जीवन प्रभावित भएकाले अब बन्ने स्मार्ट सिटीलाई भने व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

सांसद अर्जुननरसिंह केसीले सहरी क्षेत्रका विकासका लागि नगर विकास एकीकृत परियोजना विगतमा नै सुरु भएको तथ्य पेश गर्दै सो योजनामा निरन्तरता नपाएकाले सहरी क्षेत्रमा विकास निर्माणको काम प्रभावकारी हुन नसकेको बताए । उनले सीमान्तकृत, उपेक्षित समुदायको सामुदायिक सुरक्षा, न्यायको प्रत्याभूत गराउनुपर्नेमा जोड दिए ।

सांसद लेखनाथ दाहालले आन्तरिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । उनले विकासको नयाँ मोडल तय नगरिकन नेपाली जनताको अपेक्षा पूरा हुन नसक्ने बताए ।

सांसद रामहरि खतिवडाले बजेट निर्माण प्रक्रियालाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने बताए । मुलुकभर विभिन्न प्रकृतिका भवन र टावर निर्माण भए पनि त्यसको प्रयोग हुन नसक्दा त्यत्तिकै बसेको स्पष्ट पार्दै निर्माण भएका संरचनाको सदुपयोग गर्न बनाउन आग्रह गरे ।

सांसद राजेन्द्रकुमार राईले जनतालाई खुसी बनाउने र जनप्रतिनिधिको अनुभव गराउने हो भने विधिमा रहेर सांसदलाई उल्लेख्य मात्रामा बजेट उपलब्ध गराउनुपर्ने आफ्नो मान्यता रहेको बताए । उनले सहरी विकास मन्त्रालयका लागि आफूले उपलब्ध गराएको कुनै पनि योजना समावेश नभएकामा गुनासो गरे ।

सांसद नारायणी शर्माले बजेट विनियोजन व्यवस्थित र प्रभावकारी हुन नसकेको भन्ने गुनासो व्यापकरुपमा उठेकाले त्यसलाई उचित सम्बोधन गर्नुपर्ने बताए । उनले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई विशेष जोड दिनुपर्ने धारणा राखे । सांसद रणेन्द्र बराइलीले आम नेपालीले सहजरुपमा पिउने पानीको प्रबन्ध गर्ने गरी बजेटको प्रबन्ध गर्नुपर्ने बताए ।

सांसद योगेन्द्र मण्डल, अनिता देवी, रामप्रकाश चौधरी, बिजुला रायमाझी, रामनाथ अधिकारी, तारा लामा तामाङ, सीताकुमारी राना र बलराम अधिकारीले बजेटका विभिन्न पक्षका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको बैठक जारी छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : ४५ बजे

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

गाजा – हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा