कोशी प्रदेशमा दुर्घटनामा कमी « Khabarhub

कोशी प्रदेशमा दुर्घटनामा कमी


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९–८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी आठ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०७८–७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट पाँच सय ३१ जनाको मृत्यु, एक हजार दुई सय तीन जना गम्भीर घाइते र पाँच हजार चार सय ४५ जना सामान्य घाइते भएको दाहालले बताए ।

ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उनको भनाइ छ ।

आव २०७९–८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना आठ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्याङ्क छ ।

आव २०७९–८० मा उक्त अवधिमा आठ हजार तीन सय ६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार छ सय ६४ जनालाई सवारी शिक्षा र तीन लाख एक हजार आठ सय ७१ जनालाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

आव २०७८–७९ मा पाँच हजार एक सय पाँच जनालाई मापसे कारबाही, १९ हजार आठ सय ३३ जनालाई सवारी शिक्षा र दुई लाख ६९ हजार आठ सय २३ जनलाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको थियो ।

सवारी नियम उल्लङ्घन गर्नेलाई जरिवाना गर्दा राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । आव २०७९–८० मा २० करोड सात लाख ३५ हजार राजस्व सङ्कलन भएको छ भने आव २०७८–७९ मा १८ करोड एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ९ : १२ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक