अवैध लागूऔषधसहित छ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित छ जना पक्राउ


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका– ३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १४ सि गाउँ बस्ने २७ वर्षीय विक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ वर्षीय दुई किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०११ प ७८४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, रूपन्देही, सैनामैना नगरपालिका–४ कुस्माबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय मनिस दर्लामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

त्यसैगरी, धादिङको, गल्छी गाउँपालिका–६ महेसदोभानबाट अवैध लागूऔषध गाँजाजस्तो देखिने वस्तु करिब १० किलोसहित गजुरी गाउँपालिका–७ किरानचोक बस्ने ५० वर्षीय भगवान पण्डितसमेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बा.प्र.०३.००१ ह ११४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : ३८ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई