२०८१ सालको पात्रो प्रकाशनका लागि विवरण पेस गर्न आह्वान « Khabarhub

२०८१ सालको पात्रो प्रकाशनका लागि विवरण पेस गर्न आह्वान


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न आह्वान गरेको छ ।

पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो ।

आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । 

मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समिति गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो ।

गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरिएका पात्रो प्रकाशनलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि समितिले उल्लेख गरेको छ ।

नयाँ पञ्चाङ्गकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा जनाइएको छ । 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : ५६ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६