नुनकै लागि सदरमुकाम पुग्नुपर्ने वाध्यता « Khabarhub

नुनकै लागि सदरमुकाम पुग्नुपर्ने वाध्यता


४ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन रहेको अवस्था छ।

सदरमुकामदेखि बाहिरका डिपोमा आयोडिनयुक्त नुन नहुँदा सर्वसाधारण नुनकै लागि सदरमुकाम पुग्ने गरेका छन् । सदरमुकामस्थित डिपोमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडका कर्मचारीले नुन वितरण गरिरहेका छन् । गाउँका डिपो तथा बिक्री केन्द्रमा ठेकेदारले आफैँ ढुवानी तथा बिक्री गर्दै आएका छन् । जाजरकोटका दल्ली र थलह डिपोमा नुन छ । अन्य डिपोमा नुन सकिएको छ । जुनिचाँदेको ताँगामा भने अहिले नुन नरहेको बताइएको छ । डोल्पाको सदरमुकाम दुनैबाहेक अन्य ठाउँमा अहिले आयोडिनयुक्त नुन छैन ।

जुफाल, काइगाउँ, सर्मी र लिकुमा आयोडिनयुक्त नुन नरहेको प्रदेश कार्यालय नेपालगञ्जले जनाएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रमा कोभिडपछि नुन नै ढुवानी हुन सकेको छैन । यहाँ केन्द्रीय कार्यालय आफैँले तिब्बतमार्फत नुन ढुवानी गर्दछ । एक हजार सात सय २५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । 

रुकुम–पश्चिमको चौरजहारी र मुसिकोटमा दुई डिपो छन् । मुसिकोटमा मात्र नुन छ भने चौरजहारी नुन नरहेको बताइएको छ । जुम्लामा दुई डिपो र एक बिक्री केन्द्र रहेका छन् । त्यहाँ पनि सदरमुकामबाहेक अन्य ठाउँमा नुन छैन । कालीकोट सदरमुकामा डिपो छ भने अर्को रासकोटमा बिक्री केन्द्र छ । अहिले रासकोटमा नुन नरहेका अवस्था छ ।

हुम्लाको सदरमुकाम सिमकोटबाहेक बाहिरका डिपो तथा बिक्री केन्द्रमा नुन नरहेको सो कार्यालयले जनाएको छ । सर्केगाड, श्रीनगर, याल्वाङ्गमा बिक्री केन्द्रमा नुन नरहेको पाइएको छ । यहाँ हवाइमार्गमार्फत नुन ढुवानी हुने गरेको छ । मुगुको सदरमुकाममा डिपोबाहेक अन्य दुई ठाउँमा बिक्री केन्द्रमार्फत नुन वितरण हुँदै आएको छ । अहिले सदरमुकामबाहेक अन्य बिक्री केन्द्रमा नुन छैन । श्रीकोट र सोरुकोटमा नुन सकिएको लामो समय भयो । 

कुन ठाउँमा कति कोटा 

रुकुम–पश्चिमको सदरमुकाममा तीन हजार सात सय १८ क्विन्टल कोटा निर्धारण गरिएको छ भने चौरजहारी बिक्री केन्द्रमा आठ सय ८५ क्विन्टल निर्धारण गरिएको छ । जाजरकोटको सदरमुकाममा एक हजार पाँच सय पाँच, दल्लीमा एक हजार ६२, थलहमा एक हजार ६२ र ताँगामा दुई सय ६५ दशमलव ५० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । डोल्पा सदरमुकाममा पाँच सय ३१, जुफालमा तीन सय ५४, सर्मीमा एक सय ७७, काइगाउँमा एक सय ७७ र लिकुमा एक सय ७७ क्विन्टल कोटा निर्धारण गरिएको छ । 

तिन्जेमा एक हजार सात सय २५ दशमलव ७० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यो कोटा अपर्याप्त रहेको जनगुनासोसमेत आएको छ । मुगुको सदरमुकाममा एक हजार दुई सय ३९, श्रीकोटमा आठ सय ८५, सोरुकोटमा आठ सय ८५ क्विन्टल नुनको कोठा निर्धारण गरिएको छ । 

कालीकोट सदरमुकाममा तीन हजार पाँच सय ४०, रास्कोटमा एक हजार एक सय ५० दशमलव ५०, जुम्लाको सदरमुकाममा तीन हजार ९८, नराकोटमा सात सय ९६ दशमलव ५० र गोरुचौरमा आठ सय ८५ क्विन्टल कोटा निर्धारण गरिएको छ । हुम्लाको याल्वाङ्ग बिक्री केन्द्रमा चार सय ४२ दशमलव ५०, श्रीनगरमा आठ सय ८५ र सर्केगाडमा आठ सय ८५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यहाँ नुन हवाइमार्गबाट नै ढुवानी हुँदै आएको प्रदेश कार्यालयका प्रमुख महेश चौधरीले बताए । नयाँ बोलपत्र भइसकेकाले ढुवानी प्रक्रिया सुरु हुने उनले बताए । 

कर्णालीमा २५ हजार क्विन्टल वार्षिक कोटा भएमा मात्र सबैलाई पुग्ने कार्यालय प्रमुख चौधरीले बताए । भारतबाट नुन आउने भएकाले कर्णालीको नुन नेपालगञ्जबाट ढुवानी हुने गरेको उनले बताए । सदरमुकाममा रहेका डिपोबाहेक अन्य ठाउँमा रहेका बिक्री केन्द्रमा ठेकेदार आफैँले ढुवानी गरेर आफैँले नुन बिक्री गर्दै आएका छन् । ठेकेदारले समयमै नुन ढुवानी नगर्दा कर्णालीका सर्वसाधारण हैरान हुँदै आएका छन् । आयोडिनयुक्त नुनको माग बढ्दै गए पनि सरकारले कोटा घटाउँदै जाँदा समस्या हुने गरेको छ । बर्सेनि नुनको कोटा घटाउँदा दुर्गममा नागरिकलाई समस्या भएको जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ का कालीबहादुर खड्काले बताए । 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १ : ५२ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद