पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च « Khabarhub

पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च भएको छ । तीन महिनाको अवधिमा पाकिस्तानको खुद्रा बजारमा चिनीको मूल्य ४० रुपैयाँले बढेको हो ।

तीन महिनाअघि चिनीको मूल्य प्रतिकिलो १०० पाकिस्तानी रुपैयाँ रहेकोमा हाल खुद्रा बजारमा १४० रुपैयाँ प्रतिकिलो पुगेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । बिजनेस रेकर्डरका अनुसार गत अप्रिल महिनायता पाकिस्तानमा चिनीलगायत अन्य घरायशी सामानको मूल्य ह्वात्तै बढेको छ ।

उखुको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव चिनीको मूल्यमा परेको बताइएको छ । यसअघि पाकिस्तानमा उखुको मूल्य २३० रुपैयाँ प्रति ४० किलो रहेकोमा हाल बढेर ३०० रुपैयाँ प्रति ४० किलो पुगेको छ ।

पाकिस्तानमा चिनीको पर्याप्त सञ्चिती रहेको भएपनि २० प्रतिशत बिक्री कर, चिनी मिल सञ्चालकले बैंकलाई तिर्नुपर्ने २८ प्रतिशत ब्याजदर, पानी, बिजुली, इन्धन लगायतका अत्यावश्यक वस्तुको उच्च मूल्य, उच्च पारवहन शुल्क, अवैध तस्करीलगायतका कारणले बजारमा चिनीको मूल्य बढ्न पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  २ : २६ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न