पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च « Khabarhub

पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च भएको छ । तीन महिनाको अवधिमा पाकिस्तानको खुद्रा बजारमा चिनीको मूल्य ४० रुपैयाँले बढेको हो ।

तीन महिनाअघि चिनीको मूल्य प्रतिकिलो १०० पाकिस्तानी रुपैयाँ रहेकोमा हाल खुद्रा बजारमा १४० रुपैयाँ प्रतिकिलो पुगेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । बिजनेस रेकर्डरका अनुसार गत अप्रिल महिनायता पाकिस्तानमा चिनीलगायत अन्य घरायशी सामानको मूल्य ह्वात्तै बढेको छ ।

उखुको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव चिनीको मूल्यमा परेको बताइएको छ । यसअघि पाकिस्तानमा उखुको मूल्य २३० रुपैयाँ प्रति ४० किलो रहेकोमा हाल बढेर ३०० रुपैयाँ प्रति ४० किलो पुगेको छ ।

पाकिस्तानमा चिनीको पर्याप्त सञ्चिती रहेको भएपनि २० प्रतिशत बिक्री कर, चिनी मिल सञ्चालकले बैंकलाई तिर्नुपर्ने २८ प्रतिशत ब्याजदर, पानी, बिजुली, इन्धन लगायतका अत्यावश्यक वस्तुको उच्च मूल्य, उच्च पारवहन शुल्क, अवैध तस्करीलगायतका कारणले बजारमा चिनीको मूल्य बढ्न पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  २ : २६ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने