संखुवासभाकी सपना दर्जी ओमानमा बन्धक, उद्धारका लागि याचना « Khabarhub

संखुवासभाकी सपना दर्जी ओमानमा बन्धक, उद्धारका लागि याचना


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

दोहा– खाडी मुलुक ओमानमा घरेलु कामदारको रूपमा रोजगारी दिलाउने प्रलोभनमा पारी त्यहाँ पुर्‍याएकी संखुवासभाकी एक महिलालाई बन्धक बनाएको तथ्य खुलेको छ ।

गत जेठ ५ गते संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर–१ घर भएकी सपना दर्जी परियारलाई दलालले राम्रो रोजगारी दिलाउने प्रलोभन देखाएर ओमान पुर्‍याई बन्धक बनाएको भन्दै उद्धारको लागि याचना गरेकी छिन् ।

घरेलु कामका लागि त्यहाँ पुगेकी उनी बिरामी भएर काम गर्न नसक्ने भएपछि विगत ३ महिनादेखि बन्धक अवस्थामा रहेकी छिन् । उनले उद्धारका लागि अनुरोध गरेको भएपनि उनलाई ओमान पठाउने एजेन्ट मनमाया राईले बेवास्ता गरेको उनका श्रीमान टेक बहादुर परियारले बताए ।

दर्जीलाई घर मालिकले बन्धक बनाएर राखेपछि एजेन्ट राईलाई सम्पर्क गर्दा दुई लाख पचास हजार रुपैयाँ दिए उद्धार गरी नेपाल फर्काउन सकिने जवाफ दिएको श्रीमान परियारले बताए ।

आफूसँग यति धेरै पैसा बुझाउने क्षमता नभएको र एजेन्टले उद्धारमा कुनै चासो नदिएपछि गैरआवासी नेपाली संघ (एनआरएनए) ओमानलाई एक निवेदन लेख्दै उद्धारका लागि अनुरोध गरिएको उनले बताए ।

दर्जीलाई घर मालिकले बन्धक बनाएको जानकारी पाएपछि मास्कस्थित नेपाली दूतावासले उनको खोजी गरी उद्धार गर्ने प्रतिबद्धता जनाएको छ । उनलाई फोन सम्पर्क गरी खोजीकार्य गर्ने काम शुक्रबारबाटै थालिएको दूतावासकी तृतीय सचिव कविता खनालले बताइन् ।

यसैबीच, दर्जी बिरामी नभई काम गर्न नसकेर बसेकाले आवश्यक रकम जुटाएर चाँडै नेपाल झिकाउने एजेन्ट मनमाया राईले बताइन् । पीडित भनिएकी महिलाले भनेजस्तो नभइ काम गर्न नसकेर उनलाई ओमानमा रहेको एजेन्टले अफिसमा लागेर राखेको उनको भनाइ छ ।

सरकारले मलेसिया तथा खाडीमा घरेलु कामदार पठाउन रोक लगाए पनि झन्डै चार लाखको हाराहारीमा महिलाहरू त्यहाँ घरेलु कामदारका रूपमा रहेका छन् । नेपालीहरू घरेलु कामदारका रूपमा जाने प्रमुख गन्तव्य मुलुकहरू ओमान, कुवेत, साउदी अरब, यूएई, लेबनान, जोर्डन लगायतका देशहरूमा पुगेका छन् ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपनि अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू मालामाल बनिरहेका छन् । 

नेपालबाट विभिन्न म्यानपावर एजेन्टहरूले भारत, बङ्लादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन्। 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ५७ बजे

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको