दाङमा कम भएनन् आत्महत्याका घटना | Khabarhub Khabarhub

दाङमा कम भएनन् आत्महत्याका घटना


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

दाङ– गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं ९, वडा नं १९ विजौरी र राजपुर गाउँपालिका वडा नं ६ गङ्गदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाइ छ ।

आत्महत्या गर्ने तुलसीपुर–९ का ३७ वर्षीय मानबहादुर बिक, विजौरीकी ५० वर्षीया बमकुमारी विकगङ्गदीकी थारु समुदायकी २१ वर्षीया युवतीले सोही दिन दिउँसो विष सेवन गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको चिकित्सकको भनाइ छ । उनीहरूले किन विष सेवन गर्ने भन्नेबारे जानकारी प्राप्त भएको छैन । 

तीन जनाले आत्महत्या गरेको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन । यी तीन दिनभित्र भएका चार प्रतिनिधि घटना हुन् । 

दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा आत्महत्याका समाचार आइरहेकै हुन्छन् । दाङमा गत वर्ष नौ सय ५७ आपराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी दुई सय १९ वटा आत्महत्यासँग सम्बन्धित रहेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क छ । आत्महत्या गर्नेमध्ये एक सय ७३ जनाले झुण्डिएर, ३५ जनाले विष सेवन गरेर, आठ जनाले आत्महत्या दुरुत्सान र तीन जना नदीमा हामफालेर गरेको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमको भनाइ छ । 

आर्थिक वर्ष २०७९-८० मा दुई सय १९, आव २०७८-७९ मा दुई सय २०, आव २०७७-७८ मा दुई सय ४१ र आव २०७६-७७ मा दुई सय ३१ जनाले आत्महत्या गरेको उनले जानकारी दिए। विभिन्न मानसिक तनाव, उच्च महत्वकाक्षा, पारिवारिक कलह, दीर्घरोग, काममा असफलता, गरिबी, प्रेममा धोका, प्राकृतिक प्रकोपलगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको अनुभव छ । 

व्यक्तिको उच्च महत्वकांक्षा  र विभिन्न कारणले तनाव हुने र त्यसपछि डिप्रेसन भएका कारण पनि धेरै जसोले आत्महत्या गर्ने गरेको  बताउनुहुन्छ  सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य नीरा योगी । उनले भने, ‘सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्दै भन्ने खालका कार्यक्रम गर्नुपर्छ ।’

प्रविधिको  दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार  व्यक्त गर्नु हुन्छ, ज्येष्ठ नागरिकका अगुवा खुमानन्द अधिकारी ।

‘आत्महत्याका पछाडि विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण डिप्रेसननै हो,’ डाक्टर मुरली मनोहर रौनियारले भने। उनी यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमी आउने बताउँछन्।

 उनले  आत्महत्यालाई निरुत्साहित गर्ने मनोसामाजिक परामर्श गर्नुपर्ने समेत बताउँछन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  २ : ५५ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय