नारायणी नदीमा डुबेर एक जनाको मृत्यु « Khabarhub

नारायणी नदीमा डुबेर एक जनाको मृत्यु


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको आज शव फेला परेको तिवारीले बताए । घटनास्थलबाट शव निकालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक तिवारीले बताए । साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरी खोजी गरिएको थियो ।

‘पुलामीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए’, उनले भने, ‘स्थानीयवासीको सहयोगमा पुलामीको शव फेला पारिएको हो ।’

लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ११ बजे

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय