बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड अमेरिकी डलर « Khabarhub

बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड अमेरिकी डलर


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२/०२३ मा बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन् ।

केन्द्रीय बैंकका एक अधिकारीले सिन्ह्वालाई बताएअनुसार तथ्याङ्कले आर्थिक वर्ष २०२२/०२३ मा तीन अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ । अघिल्लो वर्ष उक्त घाटा चार अर्ब ४० करोड ७५ लाख डलर रहेको थियो ।

यद्यपि रेमिटेन्सले बङ्गलादेशलाई चालू खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ ।

अधिकारीका अनुसार आर्थिक वर्ष २०२२/२३ मा १०० भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब एक करोड बङ्गलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ ।

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको अवधिमा दक्षिण एशियाली मुलुकको आयात भुक्तानी १५.७६ प्रतिशतले घटेर ६९ अर्ब ५० करोड डलर रहेको छ भने निर्यातबाट हुने आम्दानी ६.२८ प्रतिशतले वृद्धि भई ५२ अर्ब ३४ करोड डलर पुगेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : १४ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना